सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दश उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

दश उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दश उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो ।

सम्मानित हुने उत्कृष्ट स्वास्थ्यकर्मीहरुमा सामा आभारभूत स्वास्थ्य सेवा केन्द्र ढोरपाटन नगरपालिकाकी अहेब विमला घर्तीमगर पुन, ताराखोला स्वास्थ्य चौकीकी सिनियर अनमी तनमति रोका, बिहुँ आभारभूत स्वास्थ्य चौकी काठेखोलाकी सिनियर अहेब पवित्रा थापा, सामुदायिक स्वास्थ्य इकाई बरेङ गाउँपालिकाकी अनमी सिर्जना खत्री रहेका छन् ।

यस्तै, नारायणस्थान स्वास्थ्य चौकीका अहेब टंकनाथ सुवेदी, नेपाने सहरी स्वास्थ्य केन्द्र जैमिनीकी अनमी रुपा छन्तयाल, निसीखोला स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गणेश खड्का, तमान स्वास्थ्य चौकीका सिनियर अहेब शान्ति बुढाथोकी र गलकोट नगरपालिकाको पाण्डवखानी स्वास्थ्य चौकीमा कार्यरत अहेब हिरा काउचालाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, प्रदेश खोप समन्वय समिति गण्डकीका अध्यक्ष डा. विश्वबन्ध बगाले र जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमर थापाले सम्मान गरेका थिए ।

सोही अवसरमा हटिया स्वास्थ्य चौकी, नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्र, देविस्थान स्वास्थ्य चौकी, नेपाने शहरी स्वास्थ्य केन्द्र, बागलुङ नगरपालिका वडा नं. २ स्थित संस्थागत क्लिनिक, सेरावाङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, अमरभुमी स्वास्थ्य चौकी, रेश स्वास्थ्य चौकी, ग्वालीचौर र हुग्दीशिर स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले मातृशिशु मृत्युदर घटाउन प्रदेश लागिपरेको बताए । खोप अभियानको दीगोपना महत्वपूर्ण विषय भएकाले यसलाई कायम राख्न तीनै तहका सरकार हातेमालो गरी अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->