बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा दरखास्त आव्हान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा दरखास्त आव्हान


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८२, बिहिबार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार ७ दिनकाे  म्याद राखेर दरखास्त आव्हान गरेको हो ।

उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीकोे कार्यकाल सकिएपछि गत चैत अन्तिम सातादेखि प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त थियो । हालका डीन प्राडा श्रीकृष्ण श्रेष्ठलाई बैशाख पहिलो साता मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । उनको जेठ २ गते पदावधि सकिदै थियो । क्षेत्रीले आफ्नो पदावधि सकिने बेला कसैलाई निमित्त तोकेर कुलपति तथा प्रधानमन्त्रीकहाँ पठाउनु पर्नेमा त्यसो नगरी विदा भएका थिए ।

उपकुलपति नहुँदा प्रतिष्ठानको शैक्षिक र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा समस्या हुदै आएको छ । विशेष गरी प्रतिष्ठान र मातहतको अस्पतालका विषयमा नीतिगत निर्णय गर्न अप्ठेरो भएको श्रेष्ठले बताए ।प्रतिष्ठानले आइटीका लागि एउटा सफ्टवयर खरीद गर्न लागेकोमा अख्तियारमा मुद्धा परेको छ । यसैगरी अस्पतालमा स्वास्थ्य बिमातर्फका बिरामीले तिरेको रकमको रातारात फिर्ता गरेको विषय पनि अहिले अख्तियारमा पुगेको छ । यीलगायत अन्य काम पनि रहेको तर निमित्त भएकाले  गर्न नसकिएको श्रेष्ठको भनाई छ । ‘छिटो उपकुलपतिको टुंगो लागेमा समस्या समाधान हुने थियो’, श्रेष्ठले भने, ‘बुधवार उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । अव छिटै समस्याको समाधान हुने भयो ।’ उनले आफु निमित्त भएकाले चिकित्कसलाई काममा लगाउन समस्या भएको र कर्मचारीले पनि दुई दिनको निमित्त भनेर खासै नटेर्ने गरेको अनुभव सुनाए ।
अस्पतालको निर्देशकमा श्रेष्ठले डा.सुरेशराज पौडेललाई निमित्त दिएका छन् । पौडेललाई आर्थिक अधिकार केही पनि छैन । ‘म आफै निमित्त भएकाले अर्को निमित्तलाई आर्थिक अधिकार दिन नमिल्ने रहेछ’, श्रेष्ठले भने ।

श्रेष्ठ स्वास्थ्य मन्त्रालय अन्तर्गत १२ औं तहको अतिरिक्त सचिवमा बढुवा भएका छन् । जेठ २९ गते नियुक्ति पत्र बुझीसकेको छन् । असारभित्र पदाधिकारीको टुंगो लाग्ने भनेकाले उनले नियुक्ती पत्र बुझेर मात्र आएका छन् । ‘अर्को नआउँदासम्म मैले छाड्ने कुरा भएन । भिसिको जिम्मेवारी दिए पनि सम्हाल्न तयार छु’, उनले भने ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । यहाँ चिकित्सा विज्ञानको अध्ययन—अध्यापन हुन्छ ।  वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->