बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखराको लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८२, बुधबार

पोखरा/  पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले सोमबार उद्धार गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको हो ।

स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकाहरुलाई काममा लगाइएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट उद्धार टोली खटिएको थियो ।

प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकाहरूलाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो । स्पा सेन्टर सन्चालकलाई कारबाहीका लागि उद्धार गरिएका बालिकाहरुलाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->