बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढोरपाटनका ब्यूराे प्रमुख मिश्रसहित ३ जना न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त

ढोरपाटनका ब्यूराे प्रमुख मिश्रसहित ३ जना न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त


  • ढाेरपाटन संवाददाता
  • असार २१ २०८२, शनिबार

पोखरा /  ढोरपाटन राष्ट्रिय दैनिकका ब्यूराे प्रमुख बासुदेव मिश्र न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त भएका छन् ।

मिश्रसहित पत्रकार जमुना वर्षा शर्मा र लमजुङका पत्रकार नवीन कुइँकेल नेपाल सरकारद्वारा श्रमजीवी पत्रकारहरूको हकहितका लागि गठित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ को सदस्यमा नियुक्त भएका हुन्। सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरु उक्त जिम्मेवारीमा नियुक्त भएका हुन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष समेत रहेका मिश्र २ दशकदेखि पोखराको पत्रकारितामा क्रियाशील रहेका छन् । उनीसँग पोखरापत्र दैनिक, जनमत दैनिक, पोखरा एफएम र माछापुच्छ्रे एफएम लगायतमा काम गरेको अनुभव छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->