आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङमा १० शैयाको आधारभुत अस्पताल बन्ने

बरेङमा १० शैयाको आधारभुत अस्पताल बन्ने

हाल हुग्दीशिर स्वास्थ्यचौकी रहेको स्थानमा १४ करोड ५० लाख रुपियाँको लागतमा अस्पताल निर्माण गर्नेगरी पालिकाले डिपिआर बनाएको गाँउपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८२, आइतबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको १०० औं बैठकले १० शैयाको आधारभुत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) स्विकृत गरेसंगै अस्पताल निर्माणको बाटो खुलेको हो ।

गाउँपालिकाबासीलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यसहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर कार्यपालिकाको कार्यपालिका बैेठकले स्विकृत गरेको हो । हाल हुग्दीशिर स्वास्थ्यचौकी रहेको स्थानमा १४ करोड ५० लाख रुपियाँको लागतमा अस्पताल निर्माण गर्नेगरी पालिकाले डिपिआर बनाएको गाँउपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिए । अस्पतालको डिपीआर भेक्टर इन्जिनेरिङ सर्भिस प्रालिले बनाएको हो ।

बरेङ गाउँपालिका घरमा हुने सुत्केरी शुन्य बनेको छ । पर्याप्त आर्थिक श्रोत नभएको बरेङ आमा स्वास्थ्यको क्षेत्रमा अब्बल बनेको हो । बरेङको सल्यान, सुखौरा र बाटाकाचौरमा बर्थिङ सेन्टर नहुँदा महिलामा समस्या हुँदा गुल्मीको शान्तिपुर र पाल्पा पुग्नुपर्ने बाध्यता थियो । अहिले बरेङका पाँचै वडामा बर्थिङ सेन्टर छन् । यसले महिलालाई गर्भ परीक्षणदेखि सुत्केरी हुन सहज भएको छ । ‘‘बरेङमा पालिकास्तरीय अस्पताल बनेपछि सामान्य स्वास्थ्य समस्या हुँदा पनि सदरमुकाम बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पताल पुग्नुपर्ने समस्याको अन्त्य हुनेछ’’ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ।

बैठकले आर्थिक अवस्थाको कारण बस्ने घर समेत नभएका बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबास्कोट (साविक ७ नम्वर वडा) निवासी बलबहादुर सार्कीको घर निर्माण गर्ने समेत निर्णय गरेको छ । प्राकृतिक विपत्तीका कारण घरवासबिहिन हुनुभएका सार्कीको घर निर्माणका लागि गाउँपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने र अपुग भएमा जनश्रमदान गर्ने निर्णय भएको वडा अध्यक्ष नरसिँह पुनले बताए ।

बैठकले विविध कारणवस ढिलाइ हुन गएका योजनाहरुको असार २३ गतेसम्म भुक्तानीका लागि म्याद थप तथा सम्पन्न योजनाको तत्काल अनुगमन गरि कार्यसम्पादनका आधारमा भुक्तानी दिने, सुशासन समिति कार्यसञ्चालन नियमावली तथा कर्मचारी अवकाशकोष कार्यविधि स्वीकृत र गाउँपालिकाका थप ४ विद्यालय समायोजन तथा दरवन्दी मिलान गर्ने निर्णय गरेको प्रवक्ता तुफान पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->