बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा सिक्री चोरेर फरार २ जना काठमाडौंबाट पक्राउ

पोखरामा सिक्री चोरेर फरार २ जना काठमाडौंबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८२, बिहिबार

पोखरा/ नगर बसभित्र सुनको सिक्री चोरेर भागेका २ जनालाई प्रहरीले ३ महिनापछि काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षका सुरेश तामाङ रहेका छन् ।

कास्की प्रहरीका अनुसार २०८१ चैत २९ गते साँझ सवा ५ बजेको समयमा अमरसिंह चोकदेखि लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा–१० शिवचोकमा २ जना व्यक्तिले चोरेर फरार भएका थिए । घटनाबारे थाहा पाउनसाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको टोली अनुसन्धानमा खटेको थियो ।

अनुसन्धानका क्रममा उक्त सिक्री चोरी गरेको घटनामा तामाङद्वय संलग्न रहेको खुलेको प्रहरी निरीक्षक एवं कास्की प्रहरीका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले बताए । दुवैजनाल्ई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौको सहयोगमा यही असार २५ मा पक्राउ गरि पोखरा ल्याई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धि मुद्धामा ६ दिन म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->