बागलुङ / सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको पहलमा जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा रहेका दुई जना गर्भवति महिलालाई हेलिकप्टरबाट उद्धार गरी शनिवार काठमाडौ पठाइएको हो ।
मन्त्रालयको बिहानैदेखिको निरन्तर प्रयास र पहलमा आज दिउसो नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी एयर लिफ्टिङको माध्यमबाट काठमाडौं स्थित थापाथली प्रसुतीगृहमा पठाइएको मन्त्री पाठकले बताए । मन्त्री पाठकका अनुसार ढोरपाटन नगरपालिका वडा नं. ५ निवासी ३७ वर्षीया हुमी विक र सोही नगरपालिका वडा नं. ८ की २२ वर्षीया देवी सुनारलाई प्रादेशिक अस्पताल बुर्तिवाङको रिफरमा काठमाडौं पठाइएको हो ।





