बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुँदै

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुँदै


  • ढाेरपाटन संवाददाता
  • असार ३० २०८२, सोमबार

पोखरा/ श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस मन्दिरमा असार ३१ मा श्रावण कृष्ण पञ्चमीदेखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहनप्रसाद ढकालले जानकारी दिए ।

एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा आगामी असार ३१ गते पोखरामा कलश यात्रासहित कार्यक्रमको शुभारम्भ गरिने बताउदै अध्यक्ष ढकालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने बताए । कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन कार्यक्रम हुने र उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गर्ने समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशवप्रसाद बरालले जानकारी दिए ।

बिगतका वर्षहरुमा सञ्चालित श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थितीले कार्यक्रम सम्पन्न भएको र यसपटक पनि भक्तजनहरुको साथ र सहयोग सहित कार्यक्रममा सहभागीताका लागि समितिका सचिव लक्ष्मण बरालले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->