बागलुङ/पछिल्लो समय हुलाकको सेवा क्षेत्र साँघुरो भएको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले हुलाकबाट पत्र पठाउने चलन नै हटेको छ । यो चलनलाई स्थापित गर्न संभव नहोला, तर हुलाकलाई बैकल्पिक रुपमा संचालन गर्ने र आम नागरिकको पहुँचमा ल्याउने काम भने फेरी शुरु भएको छ ।
हुलाक सेवा बिभागले आगामी आर्थिक वर्षदेखिनै स्मार्ट हुलाकको अभियान संचालन गर्ने भएको छ । बिभागका निर्देशक धु्र्रवराज आचार्यले उक्त अभियानको काम शुरु भैसकेको बताए । साथै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा हुलाकको सेवा बिस्तार भएको पनि उनले जानकारी दिए ।
‘पत्र पठाउने काममा हुलाकको भूमिका कमी भएको होला, तर हुलाकको महत्व कमजोर भएको छैन’ आचार्यले भने, ‘तर पनि बिभागले कर्मचारी आधाआधी कटौती गरेर पनि स्मार्ट हुलाक अभियान चलाउन लागेको छ ।’ त्यसकालागि हुलाकले बिद्युतीय व्यपार, बिद्युतीय पत्रको कारोवार पनि गर्ने भएको हो । त्यस्तै नेपाल व्यपार एकीकृत रणनीति २०८० अनुसार घरेलु उद्योगका उत्पादीत बस्तुलाई अन्तराष्ट्रिय बजारमा पठाउने देखि पार्सल र दू्रत सेवा संचालनको काममा हुलाकले अझै प्रभावकारी काम गर्ने उनले बताए ।
सोमबार आयोजित एक कार्यक्रममा आचार्यले हुलाकको महत्व बारे प्रस्तुतीकरण गर्दै दरबन्दी कटौती गरेर राज्यलाई भार घटाएको, हुलाक बचत बैंकलाई बाणिज्य बैंकमा गाभेको, ३९ वटा देशमा इएमएस विधिको हुलाक सेवा संचालन भएको जानकारी गराए । हुलाक सेवा र राष्ट्रिय तथा अन्राष्ट्रिय डाँक ढुवानी प्रणाली सम्बन्धी सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा हुलाकको महत्व अझै बढ्ने बारेमा सरोकारवालाले मत राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले हुलाकले दिएको सेवा रकममा तुलना गर्न नसकिने बताए । उनले देशबिदेशमा भएका नेपालीले पठाएको पत्र सकुशल घरघरमा लैजाने हुलाकीहरु धन्यवादको पात्र भएको उनले बताए । पछिल्लो समय भने टेलिफोन र इमेल तथा इन्टरनेटले सेवालाई केही खुम्चयाएको उनको धारणा थियो ।
बिभागका निर्देशक धु्रबराज आचार्यको अध्यक्षता, शाखा अधिकृत इशवरी अर्यालको संचालन र अर्का शाखा अधिकृत गोपाल निरौलाको स्वागतमा सम्पन्न कार्यक्रममा हुलाकले गर्दै आएको बिद्युतीय व्यपार, डाँक सेवा, दु्रत डाँक सेवा, ढुवानी प्रणाली, हुलाकको पुन्m संरचना, लगायतको बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, हुलाक निर्देशनालय कास्कीका निर्देशक नारायणप्रसाद आचार्य, म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङका कार्यालय प्रमुखहरु समेतले हुलाकको महत्वलाई बढाएर नागरिकसँग जोड्न आग्रह गरेका थिए । चिठपत्रको समय हराउँदा चिठिमा लेखिने साहित्य र सिर्जना पनि हराएको भन्दै सहभागिले चिन्ता समेत व्यक्त गरेका थिए ।





