शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

महेश बस्नेतको नयाँ बोली: विद्या भण्डारीको सदस्यता नविकरण केन्द्रिय कमिटीको निर्णयबाट मात्रै

महेश बस्नेतको नयाँ बोली: विद्या भण्डारीको सदस्यता नविकरण केन्द्रिय कमिटीको निर्णयबाट मात्रै


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

काठमाडौं / नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा बोल्दै सचिवालयले ल्याएको विधान संशोधन प्रस्ताव पोलिटब्युरोले परिमार्जन गरेर मात्रै सर्वसम्मत पास गर्नुपर्ने उनले बताएका छन्।

उनले भने, ‘विद्या भण्डारी राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो । सक्रिय पार्टी पङ्क्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’

सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ ? भन्दै प्रश्न गरे। उनले भने, ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नुपर्छ । ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौँ अब त्यसको औचित्य देखिएन ।’

उनले अर्को एक कार्यकाल एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नभएको भन्दै ७० वर्षे उमेर हद हटेकाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षको उम्मेदवार बन्ने बाटो खुला भएको बताए। उनले थपे, ‘कार्यकालको सीमा महाधिवेशनले हटाएको हो । अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔँ। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔँ। अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->