बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा कोरोनाबाट वृद्दाको मृत्यु

पोखरामा कोरोनाबाट वृद्दाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८२, सोमबार

पोखरा/ पोखरामा कोरोनाबाट एक वृद्दाको मृत्यु  भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीकाका अनुसार पोखरा-११ कि ७४ वर्षकि बृद्दाको आइतवार उपचारका क्रममा मृत्यु भएको हो ।

निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती बृद्धलाई कोरोना भएको असार २५ मा पत्ता लागेको थियो । उनको पोखराको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा कुन भेरिएन्ट हो भन्ने सार्बजनिक भने भएको छैन । चरक अस्पताल प्रशासनका अनुसार वृद्धामा सुगर, प्रेसरलगायत राेगहरु पनि थिए । वृद्धाकाे डाक्टर बुद्धिसागर लामिछानेले उपचार गरेका थिए ।

निर्देशनालयका अनुसार गत जनवरीदेखि हालसम्म ८ गण्डकी प्रदेशमा ८ जनामा कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->