बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियाेगमा बाबु पक्राउ

नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियाेगमा बाबु पक्राउ


  • ढाेरपाटन संवाददाता
  • साउन ६ २०८२, मंगलबार

पोखरा/ नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा कास्की प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका छन् ।

कास्की प्रहरीका अनुसार लामिछानेलाई यही साउन ४ गतेका दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पक्राउ गरिएको हो । घटना विवरण अनुसार २०८१ को असोज १३ मा पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा रातो र गुलाबी रङको ब्लाङ्केटले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो । शवको पोस्टमार्टम गर्दा घाँटी र टाउकोमा लागेको चोटका कारण शिशुको मृत्यु भएको रिपोर्ट आएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले आफ्नी सुत्केरी श्रीमतीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका बेला प्रहरीले अस्पताल हाताबाटै उनलाई पक्राउ गरेको हो । लामिछानेलाई जिल्ला अदालत, कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->