आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पूर्व वडाध्यक्षको मृत्यु : जिएमसीमा भएको के हो ?

पूर्व वडाध्यक्षको मृत्यु : जिएमसीमा भएको के हो ?

बिहिबार बिहान करिब १० बजेर ४५ मिनेटमा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा अचानक वेहोस भएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८२, शुक्रबार

पोखरा/बागलुङको जैमिनी नगरपालिका ७ ढावाका पूर्व वडा अध्यक्ष जितबहादुर राना मगर हर्नियाको उपचार गराउन आउँदा मृत्यु भएपछि अस्पतालमा तोडफोड गरिएको छ । बिहिबार विहान करिब १० बजेर ४५ मिनेटमा पोखरा ९ पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा अचानक वेहोस भएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको थियो । डाक्टरको लापरवाहिका कारण ६३ वर्षिय मगरको मृत्यु भएको भन्दै उनका आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका थिए । उनीहरुले डाक्टरलाई कारवाहिसहित उचित क्षतिपुर्तिको माग गर्दै विरोध गरेका थिए ।

‘उहाँको पोस्टेडको समस्या थियो । उहाँको ५ गते अप्रेसन भएको थियो यहि अस्पतालमा । हिजो (बुधबार) डे«सिङ गर्ने क्रममा अप्रेसन पश्चात उहाँले मलाइ ठिक भयो, म फर्किन्छु एक–दुइ दिनमा भन्दै फोन गर्ने भिडियो कल गर्ने गर्नुभएको थियो । मलाइ पनि फोन गर्नुभएको थियो’ ति आफन्तले भने, ‘तर, हिजो (बुधबार) अप्रेसनको डे«सिङ गर्ने क्रम रहेछ त्यहि क्रममा कुरुवाले लिएर जानुभयो डाक्टर पनि आउनुभयो अनि डाक्टले कुरुवालाई तपाइ जान पर्दैन म गराएर ल्याउछु भनेर भन्नुभयो । ड्रेसिङ गरेर विरामी फर्कनुभएन एक डेढ घण्टानै भएको थियो त्यसपछि कुरुवाले अर्को डाक्टरलाई त्यहाँ लिएर जाँदा जितबहादुर भइमा घोप्टो परेर पल्टनु भएको थियो त्यसपछि उत्तानो पार्नुभयो फर्कदा अलिकति समस्या भएको देखियो ।’

त्यसपछि डाक्टरहरुले हतार हतार गरेपनि उनको मृत्यु भएको बताएको र जुन डाक्टरले डे«सिङका लागि लगेको हो ति अहिले सम्म सम्पर्कमा नआएपछि आफन्तहरुले विरोध गरेका थिए । पीडित र अस्पतालको तर्फबाट वार्ता टोली बनाइ छलफल गर्दा अस्पतालले गल्ति स्विकारे गरेपनि अन्य कुरा नगरेका कारण उनीहरु आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->