बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मंगला आमा समुहको रक्तदान

मंगला आमा समुहको रक्तदान

मंगला आमा समूहकी अध्यक्ष तकसरा रानाले संस्थाले सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आएको बताइन् ।


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८२, आइतबार

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–७, बिरेन्द्रचोकमा मंगला आमा समूह बेनी म्याग्दीको आयोजनामा र बौद्ध युवा क्लबको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा केन्द्र बेनी म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले गरेका थिए ।

प्रमुख अतिथि केसीलेम्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताए । रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा रेडक्रस सोसाईटी म्याग्दीका सभापति अमर बानियाँले बताए ।

कार्यक्रममा मंगला आमा समूहकी अध्यक्ष तकसरा रानाले संस्थाले सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, स्वयम्सेवी र रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

म्याग्दीमा रक्तदानप्रति आर्कषण ह्वात्तै बढेको छ । रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि नेपाल रेडक्रस सोसाईटी अन्तरगत सञ्चालन रक्तसञ्चार केन्द्रमा पुग्ने दाताको कुनै कमी छैन् । रक्तसञ्चार बाहेक विभिन्न संघसंस्थाको आयोजनामा रक्तदान कार्यक्रम समेत नियमित हुने गरेको छ। बेनीमा संकलन भएको रगत पोखरासम्मका बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ ।

म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->