बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमालेले अपानिमा नै खुलायो विद्याको सदस्यता नविकरण नहुने कुरा

एमालेले अपानिमा नै खुलायो विद्याको सदस्यता नविकरण नहुने कुरा


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

पोखरा / नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने बताएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पूर्वराष्ट्रपति भण्डारी पार्टीको अध्यक्ष बने पनि एमालेको कार्यकर्ता बन्ने हुँदा सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन्। ‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हूँदैन। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो,’  गत मंगलबार मध्यराति सकिएको नवौं केन्द्रीय कमिटी बैठकको निर्णय अपानिमा लेखिएको छ।
नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी पुनरागमन रोक्ने निर्णय गरेको थियो। त्यस्तै अपानिमा भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेको उल्लेख छ। ‘पार्टी सदस्यता नवीकरण सदर हुँदैन। विधानको धारा ८ अनुसार हुन्छ,’ अपानिमा भनिएको छ। एमालेको विधानको धारा ८ (३) मा स्वेच्छाले पार्टी सदस्यता त्यागेको खण्डमा सदस्यता रिक्त हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->