बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गाडी रिजर्भ गरेर पोखरा आएका थिए हायू परिवारका सबै जना

गाडी रिजर्भ गरेर पोखरा आएका थिए हायू परिवारका सबै जना

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, छेप्टाको उक्त परिवारका १५ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए ।


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

पोखरा / केही दिनदेखि सिन्धुलीबाट हराएको भनिएका हायू परिवारका सबै सदस्य पोखराको गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी काम गर्न पोखरा आएको बताएका छन् ।
उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका एसपी ओलियाले जानकारी दिए । ’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले भने, ‘सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।’
उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको बताएका छन् । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिन अघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए । एसपी ओलियाले भने, ‘सोमबार समाचार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।’

’उनीहरू १४-१५ दिन बस्ने योजनाले आएको भन्ने बुझिएको छ । सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्,’ एसपी ओलियाले भने । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्‌सँग काठमाडौँमा बस्ने गरेको खुलेको छ । परिवारले एक जना ज्वाईं पोखराकै स्थानीय रहेको जानकारी दिएका छन् ।
गोलन्जोर गाउँपालिका-६, छेप्टाको उक्त परिवारका १५ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए । केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका गरिएको थियो ।
यी हुन् हायू परिवारका १५ जना :
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->