बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

छुट्टाटुट्टै स्थानबाट लागुऔषधसहित ५ पक्राउ

छुट्टाटुट्टै स्थानबाट लागुऔषधसहित ५ पक्राउ

तनहुँतर्फबाट पोखरा आउँदै गरेका तीन जनालाई प्रहरीले खैरे हिरोइनसहित पक्राउ गरेको छ । शिशुवास्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८२, मंगलबार

पोखरा/कास्की प्रहरीले विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । तनहुँतर्फबाट पोखरा आउँदै गरेका तीन जनालाई प्रहरीले खैरे हिरोइनसहित पक्राउ गरेको छ । आइतबार साँझ पोखरा महानगरपालिका २७ शिशुवास्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र ईलाका प्रहरी कार्यालय शिशुवाले संयुक्त रुपमा चेकजाँच गरेको थियो ।

बसमा सवार तनहुँ म्याग्दे गा.पा. वडा नं. १ गुणादीका ३८ वर्षका कमल थापा, धादिङ घर भई पोखरा १४ चाउथे बस्दै आएका ३१ वर्षका राजन क्षेत्री र मोरङ सुन्दरहरैचा न.पा.६ का ४२ वर्षका सत्य नारायण चौधरीको साथबाट ४ ग्राम ३ सय मिलिग्राम खैरो हिरोइन बरामद भएको हो । उनीहरुको शरिर खानतलासी गर्दा लुकाएको अवस्थामा बरामद भएको हो । यस्तै आइतबार नै प्रहरीले पोखरा ७ धारापानीमा लागुऔषध कारोबार गर्नेक्रममा दुइ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट बिदुर नगरपालिका ९ स्थायी घर भई हाल पोखरा ७ घारिपाटन बस्दै आएका ३१ वर्षका रवि मिजार र पोखरा ७ घारिपाटनकै २० वर्षका भुपेन्द्र विकलाई पक्राउ गरेको हो ।

उनीहरुको कोठा खानतलासी गर्दा प्रहरीले ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी कुल १३९ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद गरेको हो । उनीहरु विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा दिन दश दिनको म्याद थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->