आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा

बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८२, बिहिबार

बागलुङ/ बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ । पूर्ण सरसफाईका ६ वटा सूचक पुरा गरी कार्यान्वयनमा समेत आइसकेकोले सो टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको पोषणमैत्री स्थानीय शासन कार्यक्रम बडिगाडका संयोजक तथा जनस्वास्थ्य निरिक्षक शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

चर्पिको सुरक्षित प्रयोग, व्यक्तिगत सरसफाई, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय र वातावरणीय सरसफाई सहितका मुख्य सूचक पुरा भएपछि टोललाई पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । बडिगाड गाउँपालिकाका १० वटा वडालाई ६९ वटा टोलमा विभाजन गरी पूर्ण सरसफाइ तथा पोषणमैत्री सूचक कार्यान्वयनका लागि कामहरु गरिएको छ । सोहीअन्तर्गत आठौं टोलको रुपमा सिमलचौलाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको हो ।

बहुक्षेत्रिय पोषण कार्यक्रमअन्तर्गत बडिगाड गाउँपालिकालाई २०८३ सालभित्र पूर्ण सरसफाई तथा पोषणमैत्री पालिका घोषणा गर्नेगरी कामहरु भैरहेका छन् । सो कार्यक्रममा सरसफाईमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुर्गा बहादुर विक, कुमारी राना, उजिरसिंह राना र देउमाया रानालाई सम्मान गरिएको थियो । यस्तै, बडिगाड गाउँपालिका २ स्थित गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । ४३ घरपरिवारका २ सय ४० जना लाभान्वित भएको आयोजनाको कुल लागत २६ लाख ४२ हजार १ सय १२ रहेको छ । नेवाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको ४ लाख ७२ हजार तथा जनश्रमदान ६ लाख ४ हजार रुपियाँ लागतमा निर्माण आयोजना सुरु भएको १ वर्षभित्रै योजना सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->