बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा डिजिटल ठगी बढ्दै

म्याग्दीमा डिजिटल ठगी बढ्दै


  • हरिकृष्ण गौतम
  • साउन १६ २०८२, शुक्रबार

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा एक कर्मचारीलाई ‘म बैंकबाट बोलेको, नयाँ आर्थिक बर्षमा हजुरको संस्थाको खाता रिन्यू गर्नुप¥यो, खाता नम्बर भन्नुस् त,’ भन्दै एक पुरूषले फोन गरे । बैंकका कर्मचारीको फोन होला भन्दै ती महिला कर्मचारीले सहजै संस्थाको खाता नम्बर दिइन्। खाता नम्बर पाएपछि फोन गर्ने व्यक्तिले तत्कालै ‘तपाईँको मोबाइलमा ओटीपी कोड आउँछ,त्यो नम्बर पठाउनुहोला ।’ केही बेरमा ती महिलाको मोबाइलमा ‘ओटीपी कोड’आयो र त्यो कोड एसएमएस गर्ने व्यक्तिलाई पठाइन् । ‘ओटीपी कोड’ पठाएको ब्यक्तिले तत्कालै संस्थाको खातामा रहेको २ लाख ४५ हजार निकालेर मोवाइल अफ ग¥यो ।

अहिले महिला कर्मचारी सहित संस्थाका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खाताबाट पैसा चोर्ने गिरोहको खोज गर्न भन्दै निवेदन दिएका छन् । बेनीबजारको एक सहकारीमा बैंक खातासँग वालेट आइडी लिंकअप, खता नवीकरण गर्ने भन्दै एक अपरिचित ब्यक्तिले लिंक पठाएर संस्थाको खाताबाट डेढ लाख गायब बनाएको भन्दै साउन महिनामा आफूहरू ठगिएको भन्दै निवेदन आएको सूचना अधिकारी सागर पौडेलले बताए । ‘पछिल्लो समय अनलाइन ठगीमा संलग्नको निशानामा संस्थाहरू परेका छन्, हामीले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी निरीक्षक पौडेलले भने ।

उनले एउटा बैंकबाट पैसा निकालेर अन्य बैंकमा ट्रान्सफर भएको देखिएको बताए । सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने गुनासो धेरै आउने गरेको बताए । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८१÷०८२ मा अनलाइनबाट लाइसेन्स बनाइदिने, थोरै लगानीमा धेरै पैसा कमाउने, परिवारका सदस्य विरामी भएको भन्दै सामाजिक सञ्जाल ह्याक गरी साथीहरूलाई पैसा माग्ने,आफू इसेवाजस्ता मोबाइल वालेटको कर्मचारी भएको भन्दै ओटीपी कोड माग्ने र रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।

‘डिजिटल ठगिका बारेमा जनचेतनामुलक अभियान आवश्यक छ, सचेत नभए अझै धेरै लुटिने जोखिम छ,’ प्रनाउ थापाले भने । सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी ठगी गरेको घटनाहरू धेरै रहेकाले विद्यार्थी तथा समुदायस्तरमा सचेतनामुलक अभियानमा सरोकारवाला निकायको समेत साथ आवश्यक रहेको प्रनाउ थापाको भनाई छ । गत आर्थिक बर्ष २०८१÷०८२ मा ३४ जनाले अनलाइन माकेर्टिङ, सपिङ,झुक्काएर, वैदेशिक रोजगारी, चिठ्ठा प्राप्त भएको, ओटीपी कोड र फेसबुक एकाउण्ड ह्याक गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यहरूबाट गाली खाने र समाजले थाहा पाउने भन्दै लुकाउने गरेकाले म्याग्दीमा डिजिटल माध्यमबाट ठगिनेको संख्या अधिक रहेको अनुमान प्रहरीले गरेको छ । केही पीडितले मोवाइल एप्स प्रयोग नगरेको र चेकबाट मात्रै कारोबार गर्दै आए पनि कोडबाटै खाताको पैसा निकालेको भन्दै चासो देखाउने गरेका छन् ।

बैंकर्स क्लव म्याग्दीका अध्यक्ष शोकेन्द्र थापा मगरले आफ्नो ओटीपी कोड दिन नहुने बताउँदै कसैले ओटीपी मागेमा खाली चेकमा सिग्नेचर गरेर दिनु बराबर भएको बताए । खाता ह्याक गरेर रकम झिकिएको गुनासो बैंकमा आउने गरेकोमा प्रक्रियागत रुपमा सहयोग गर्ने गरेपनि म्याग्दीका वित्तिय संस्थाका प्रतिनिधिले ग्राहक सचेत भएमा ठगिनबाट जोगिने बताए । उनले बैंकबाट फोन गरेको भन्दै पहिले खाता नम्बर माग्ने, अनि मोवाइलमा कोड पठाएको छु, मलाई पठाउनु भन्नु नै ठगी भएकाले सतर्क हुनुपर्ने क्लवका अध्यक्ष थापाको भनाइ छ । बैक तथा वित्तिय संस्थाले दैनिक रुपमा आउने ग्राहकलाई सचेत बनाउने र आवश्यकता परेको खण्डमा समुदायमा समेत पुगेर सन्देश प्रवाह गर्न सकिने उनले बताए । फोन, सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एप्सको लगइन र पासवर्ड, खाता नम्बर, ओटीपी कोड लगायतका कुनै पनि बैंकसम्बन्धी विवरण नदिन समेत बैंकर्स क्लव म्याग्दीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->