पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ की जनप्रतिनिधि वडा सदस्य गीता चर्माकारले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा महिला दिदीबहिनीहरुलाई दुनाटपरी बनाउने तालिम दिएकी छन् ।
शनिबार वडा स्तरिय दलित संजालको आयोजना तथा वडा सदस्य गीता चर्माकारको आर्थिक सहयोगमा दुना टपरी बनाउने तालिमको शुभारम्भ भएको छ र तालिममा वडा भित्र गठन भएका आमा तथा महिला समुहबाट २/२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले जनप्रतिनिधिले जनताको आवश्यकता र आफ्नो सस्कृतिको जगेर्ना गर्नको लागि तालिमको आयोजना गर्नुभएकोमा प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु नन्दराम गिरी र लक्ष्मी पहारी, वडा सचिव कुलराज पौडेल, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, संगम मार्ग महिला समुहकी जया बराल, दरबारथोक मिडिका कृष्ण रानाभाट लगाएतले तालिम समय सान्दर्भिक भएको वताउँदै जनप्रतिनिधि गीता चर्माकारलाई जन्मदिनको शुभकामना दिएका थिए ।
तालिममा सहभागि वडा बाल मञ्च पोखरा ९ की अध्यक्ष परि वस्नेतले आफुले सिकेको सिप आफ्नो बाल मञ्चका साथीहरुलाई पनि सिकाउने वताईन । दुई दिनसम्म संचालन हुने उक्त तालिममा सरिता श्रेष्ठ र शर्मिला थापाले प्रशिक्षण दिएका छन् । वडा स्तरिय दलित संजालकी अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रोकवीर सुनारले र संचालन सचिव विमला परियारले गरेकी थिइन ।





