आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मानव सेवा आश्रमलाई हिमालय क्लबको सहयोग

मानव सेवा आश्रमलाई हिमालय क्लबको सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 130.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

पोखरा/पोखरा हिमालय क्लब, बाटुलेचौरले मानव सेवा आश्रम हेम्जालाई आर्थिक सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रमअन्तर्गत शनिबार १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

क्लबका सूचना अधिकारी शिवराज देवकोटाका अनुसार क्लबका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुशील बस्नेत, अध्यक्ष मोहन थापा, मानार्थ सदस्य बेनीबहादुर बस्नेतले आश्रमका व्यवस्थापक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा क्लबका अध्यक्ष मोहन थापाले राज्यले गर्नुपर्ने दायित्व नागरिक स्तरबाट संचालन भएको आश्रमले गरिरहेकोमा प्रशंसा गर्दै, सबैको सहयोगबाट नै आश्रम संचालनमा सहज हुने बताए । व्यवस्थापक बर्तौलाले विभिन्न सामाजिक संघ, संस्था र सेवा भावले नै आश्रम संचालन भएको बताए ।

सोही अवसरमा आश्रम संचालन सहयोगार्थ क्लवका मानार्थ सदस्य बेनी बहादुर बस्नेतले १० हजार, सल्लाहकार खिमलाल अधिकारीले १० हजार, सल्लाहकार कुमार श्रेष्ठले ५ हजार, हिमालय कृषि सहकारीका सञ्चालक समिति सदस्य झलक थापा मगरले ५ हजार, बाटुलेचौर हिमालय सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले २ हजार ५ सय, इन्दु भट्टराईले २ हजार, इन्दिरा पोखरेल तिमिल्सिनाले २ हजार, मिना गुरुङले २ हजार, शारदा तिमिल्सिना, रूद्र वहादुर थापा, बुद्धि बहादुर बानियाँ, पुष्पराज अधिकारी, रामनाथ पौडेल लगायतले आर्थिक सहयोग प्रदान गरे । आश्रमको हेम्जा शाखामा १ सय ८० जना पुरुष तथा बालक र छोरेपाटन शाखामा ९३ जना असहाय महिला आश्रित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->