बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एकैसाथ ६ लायन्स क्लबको पदस्थापन

एकैसाथ ६ लायन्स क्लबको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

पोखरा/ लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको एरिया ११ रिजन २३ जोन ५३ र ५४ अन्तर्गतका ६ वटा क्लबहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।

सन् २०२५/ ०२६ का अध्यक्षहरु लायन्स क्लब अफ पोखरा अन्जुलीकी निर्मला थापा, पोखरा ग्लोरीका केशव पौडेल, पोखरा वर्किङ टुगेदरका श्रीराम तिमिल्सिना, कोरिया रिटर्नीका प्रशन्न पौडेल, पोखरा सर्भिस रिटर्नीका अनिल सुवेदी, पोखरा छिङगुदुलका तेजेन्द्र मल्लको पदस्थापन गरिएको हो । उक्त अवसरमा लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीले स्पोन्सर गरेको क्लब पोखरा छिङगुदुलको चार्टर हस्तान्तरण गरिएको थियो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सबै ६ वटै क्लबका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराएकी थिइन् । डिष्ट्रिक्टका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले ६ वटै क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै लायन्स सदस्यताको सपथ गराएका थिए । कार्यक्रममा ६ वटै क्लबका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा लायन वर्ष २०२४/०२५ का ४ वटा क्लबका अध्यक्षहरु अन्जुलीका साधना थापा, ग्लोरीका श्रीराम शर्मा, वर्किङ टुगेदरका जनक पौडेलर कोरिया रिटर्नीका ईश्वर केसीले आफ्नो कार्यकालका गतिविधिसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । लायन वर्ष २०२५/०२६ का अध्यक्षहरु अन्जुलीका निर्मला थापा, ग्लोरीका केशव पौडेल, वर्किङ टुगेदरका श्रीराम तिमिल्सिना, कोरिया रिटर्नीका प्रशन्न पौडेल, सर्भिस रिटर्नीका अनिल सुवेदी र पोखरा छिङगुदुलका तेजेन्द्र मल्लले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सेवा गरेर नेतृत्व लिनु र त्यसबाट प्रगतिको शिखरमा पुग्न जीवन दर्शन रहेको बताइन् । सेवा गर्नु अरुको हीतलाई प्राथमिकता दिनु रहेको उनको भनाई थियो । ‘सेवा गर्ने क्रममा नै नेतृत्वको जिम्मेवारी लिनु र उदाहरण प्रस्तुत गर्नु सेवा र नेतृत्वको परिणामस्वरुप व्यक्तिगत र सामुहिक प्रगति हासिल गर्नु हो’, उनले भनिन्, ‘त्यसबाट प्रगतिको शिखरमा पुग्नु जीवनदर्शन हो ।’

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रमको अध्यक्षता पोखरा कोरिया रिटर्नीका लायन वर्ष २०२४/ ०२५ का अध्यक्ष ईश्वर केसी र दोस्रो चरणको अध्यक्षता सर्भिस रिटर्नी लायन वर्ष २०२५/०२६ का अध्यक्ष अनिल सुवेदीले गरेका थिए । कार्यक्रमको सञ्चालन वर्किङ टुगेदरका अघिल्लो वर्षका सचिव श्रीराम तिमिल्सिना र ग्लोरीका सहसचिव प्रेम बरालले गरेका थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्रमोहन भट्टराई र पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, रिजन चेयरपर्सन सन्दीप घिमिरे र जोन चेयरपर्सन उमा भण्डारीलगायतले भनाई राखेका  सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->