बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कानुन नमान्नेलाई कार्वाही गर्छु– मन्त्री पाठक

कानुन नमान्नेलाई कार्वाही गर्छु– मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले कानुन बमोजिम काम नगर्ने स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन । निजी अस्पताल व्यावसायिहरुको छाता संगठन एसोसिएसन अफ प्राईभेट हेल्थ ईन्स्टिच्युट नेपाल (अफिन) ले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय निजि अस्पतालहरुका समस्या र समाधान बिषयक संवाद कार्यक्रममा मन्त्री पाठकले यस्तो चेतावनी दिएका हुन् ।

निजि अस्पताल संचालकहरुले अस्पताल दर्ता, नाविकरण, फोहोरमैला ब्यवस्थापन र अस्पतालमा संचालन गरिने फार्मेसीहरुमा सरकारले सहजीकरण नगरेर उल्टै व्यवसायीहरुलाई विभिन्न कानुनी झन्झट देखाएर दुखदिने गरेको गुनासो गरेका थिए । व्यवसायीहरुका गुनासाहरु सुनेका मन्त्री पाठकले कानुन बमोजिम कामगर्ने व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने र व्यवसायीहरुको हितमा अधिकतम लचिलो हुने तर नियम कानुन नमान्ने उल्टै ठुल्ठुला कुरा गरेर सरकारलाई धम्क्याउने व्यवसायीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका थिए । साथै निजि अस्पताल संचालकहरुले सेवा शुल्कमा एकरुपता नगरेको, बिरामीहरुलाई चाहिने भन्दा बढी औषधी भिडाएको, नियमनकारी निकायहरुलाई नियमित प्रतिवेदन नबुझाएको, अस्पताल संचालनको निमित्त निर्धारण गरिएका मापदण्डहरु पालना नगरेको, बिमित बिरामीहरुलाई उचित रेस्पोन्स नगरेको बिषयमा अफिन र व्यवसायीहरुको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

मन्त्री पाठकले सरकारले निजि क्षेत्रलाई सहयोग गर्न तयार रहेको तर निजि क्षेत्रले पनि नियम कानुन र सरकारी प्रक्रियामा सहयो गर्नुपर्ने बताउँदै यदी कहिँकतै नियम कानुन र रितपुर्वक आएका फाईलहरुलाई अगाडी बढाउन कुनै अधिकारीले आनाकानी गरेमा आफुलाई जानकारी गराउन व्यवसायीहरुलाई आग्रह गरे । ढिलासुस्ती गर्ने र रित पुगेका कामहरुलाई संपादन गर्न आनाकानी गर्ने अधिकारीगरुलाई तत्काल कार्वाही गरिने समेत उनले बताए ।

उक्त कार्यक्रममा अफिनका केन्द्रीय उपाध्यक्ष हरी खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, प्राडा बुद्धिबहादुर थापा लगायतका व्यवसायीहरुले संवादमा भाग लिएका थिए भने सो कार्यक्रमको अध्यक्षता अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले गरेका थिए । गण्डकी प्रदेश भित्र २५, ५० र १०० शैयाका अस्पतालहरु संचालन गर्दै आएकाहरुको संस्था अफिन हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->