बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

श्रीमती ‘अप्रेसन पहेंलो धातु’ मा पक्राउ, श्रीमान् ठगीमा फरार

श्रीमती ‘अप्रेसन पहेंलो धातु’ मा पक्राउ, श्रीमान् ठगीमा फरार

यो घटनामा संलग्न सबै सुनमा पोख्त कालिगड हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले यिनीहरुको एकआपसमा कुनै सम्बन्ध नरहेको देखिएको छ । उद्यपी अनुसन्धान भने जारी छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

पोखरा/कास्की प्रहरीले एउटा सूचना पायो पोखरामा अवैद्य रुपमा सूनको कारोबार हुँदै गरेको छ भनेर । प्रहरीले त्यसको प्रारम्भिक अनुसन्धान सुरु ग¥यो । पोखरामा विभिन्न ठाउँमा अवैद्य सुनको कारोवार गरेको निष्कर्ष निकालेपछि प्रहरीले एउटा अप्रेसन सुरु ग¥यो र राख्यो ‘अप्रेसन याल्लो मेटल’ अर्थात अप्रेशन पहेलो धातु’ । यो अप्रेसनमा प्रहरीले ठूलै सफलता हात पारेको छ ।

पोखराका विभिन्न पाँच वडाहरु वडा नम्बर २, ३, ४ र ९ मा शुक्रबार छापा हान्यो । प्रहरीले ११ जना भारतीयलाई अवैध रूपमा सुन कारोबार गरेको आरोपमा पक्राउ ग¥यो । उक्त छापामा प्रहरीले ४४९ तोला ४० लाल सुन बरामद ग¥यो । जसको कुल तौल हुन्छ ६ किलो ४ सय ग्राम । यस्तै ४४४ तोला ७३.९ लाल चाँदी संगै ५ लाख १४ हजार ६६५ रूपैयाँ पनि बरामद ग¥यो ।

यो घटनामा संलग्न सबै सुनमा पोख्त कालिगड हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले यिनीहरुको एकआपसमा कुनै सम्बन्ध नरहेको देखिएको छ । उद्यपी अनुसन्धान भने जारी छ । अर्को कुरा यिनीहरुले आफुलाई कालिगढ बताइरहेपनि सुनको धनी पनि उनीहरु स्वयम् रहेका छन् ।

अप्रेसन याल्लो मेटलमा प्रहरीले भारत महाराष्ट्र, साग्ली जिल्ला घर भइ पोखरा २ मोहरिया टोलमा बस्दै आएका राजेन्द्र रामचन्द्र जगताप, कलकत्ता मन्दापुरका मनिक लाल आदक, पश्चिम बंगाल हुग्लीका सन्दिप ढाव र सोमनाथ पाल पक्राउ परेका हुन् । यस्तै कलकत्ताका दिपक सामन्त, मेन्दापुरका गोविन्दा दिण्डा, कलकत्ता हाउडाका असित वर, कलकत्ता पश्चिम मेन्दापुरका तापस सामान्त, उज्जवल भोमिक, पुनेकी सुनिता पवार र प्रोभास माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये राजेन्द्रको साथबाट ११ तोला २०.६ लाख सुन, चाँदी २९६ तोला ३३ लाख र एक लाख ६० हजार पाँच सय रुपैया बरामद गरेको हो । मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन, १० तोला ५५ लाख चाँदी बरामद भएको हो । सन्दिप ढावबाट ३ तोला ८ लाल सुन, सोमनाथ पालबाट १२ तोला १२.७ लाख सुन, ९ तोला ५९.४ लाल सुन बरामद भएको हो ।

दिपक सामन्तबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाख चादीँ र गोविन्द दिण्डाबाट २१० तोला ८९ ला सुन बरामद भएको हो । असित वरबाट ८६ तोला ८७.१ लाल सुन र ३१.५ लाल चाँदी तथा तापस सामन्तबाट २४ तोला १५ लाल सुन बरामद भएको हो । उज्जवल भोमिकबाट ५ तोला ४६.९ लाल तथा सुनिता पवारबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी बरामद भएको हो । यस्त्र प्रोभास माझीबाट ८८ तोला ३१ लाल सुन र एक लाख ८५ हजार रुपैयाँ बरामद भएको छ । सन्जय ढावबाट १३ तोला ५८ लाख सुन तथा ४ तोला २३ लाल चाँदी सहित एक लाख ६९ हजार १५५ रुपैयाँ बरामद गरेको छ ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार सूचना आइसकेपछि त्यसलाई पुष्टि गरेर प्रहरी अनुसन्धानमा अघि बढेको थियो । ‘प्रहरीले जहाँ पायो त्यहीँ छापा हान्ने भन्ने हुँदैन । प्राप्त सूचनालाई भेरिभाइ गरेर अघि बढेका हौं’, एसपी ओलियाले थपे, ‘यसमा स्रोत पुष्टि हुने केही देखिएको छैन । यो लिगलाइज हो भने उहाँहरूले आफ्नो विवरण पेस गर्न सक्नुहुन्छ ।’

‘अपरेसन येल्लो मेटल’ मा पक्राउ परेकामध्ये महिला सुनिता पवार यसअघि ठगी मुद्दामा फरार व्यक्तिको श्रीमती हुन् । जोर्तीलिङ्ग सुन चाँदी रिफाइनरीबाट पक्राउ परेकी ती महिलाका आफन्त शनिबार आफुहरुको सुन वैद्य रहेको भन्दै प्रहरीकोेमा पुगेका हुन् । प्रहरीले बरामद गरेको सुन र चाँदी राजश्व छली नरहेको भन्दै पक्राउ परेको व्यक्तिलाई रिहा गर्न महिलाको तर्फबाट परिवारका सदस्यले प्रहरी कार्यालयमा निवदेन दिएका हुन् ।

यस अघि क्यानडा लगिदिन्छु भनी ठगी गरेको एक मुद्दामा जोर्तीलिङ्ग सुन चाँदी रिफाइनरी जोडिएको छ । त्यस मुद्दामा प्रतिवादी बनाइएका छन् मनोहर सोपान पवार फरार छन् । एक महिलालाई क्यानडा लैजान्छु भन्दै गठि गरेको मुद्दामा सुन त्यहि जोर्तिलिंगमा लगेको बेचेको भन्दै मनोहरलाई समेत प्रतिवादी बनाइएको थियो । सम्पूर्ण बिल भएपनि श्रीमानकै कारण श्रीमतिलाई प्रहरीले पक्राउ गरेको परिवारको दाबी छ ।

उता प्रहरीले भने यदि कसैको सामान वैद्य देखिएको खण्डमा उनीहरुलाई फिर्ता गरिनेछ । ‘हामीले जहाँ छापा हान्यौं, त्यो ठाउँमा अवैध रूपमा सुनचाँदी कारोबार भइरहेको सूचनालाई पुष्टि गएर गएका हौं । यहाँ दुई तोला सुनको मात्र कुरा होइन । हामी पुग्दा सुन नभएको अवस्था हुनसक्छ वा भएको होला’ एसपी ओलियाले भने, ‘अब हामीले केहि गर्दैनौं यदि उनीहरुको बिल छ भने पनि राजश्व अनुसन्धान कार्यालय बुटवलले हेर्नेछ । अबको अनुसन्धान त्यहि बाट हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->