बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा नुहाउने क्रममा किशोर बेपत्ता

प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा नुहाउने क्रममा किशोर बेपत्ता


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

लमजुङ/  लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ शनिबार बिहान साथीसँग दूधपोखरी पुगेका थिए। जनैपूर्णिमामा नुहाउने जात्रामा सहभागी भएका उनी बिहान करिब ८ बजेतिर पोखरीको छेउबाट पौडी खेल्दै केही टाढा पुगेका र त्यसपछि हराएका थिए । उनीसहित ९ जना साथीहरू शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए। स्थानीयवासिन्दा समेत रहेका क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार पौडी खेल्ने क्रममा गुरुङलाई उद्धार गर्ने प्रयास भए पनि सफल हुन नसकेपछि साथीहरूले घटनाबारे जानकारी दिएका थिए।

उपाध्यक्ष गुरुङले स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ हिँडेको र साँझसम्म थुर्जु पुगेर सोमबार बिहान पोखरी पुग्ने योजना रहेको बताइन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा नेपाल प्रहरीका ४ जना र प्रहरी सहायक निरीक्षकसहित सशस्त्र प्रहरीका ५ जना गरी ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए। उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू रहेका छन्।

बोहराका अनुसार दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो घटनास्थल पुग्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->