पोखरा/ह्याप्पी नेपाल म्यानपावर नेपाल पोखराकी प्रबन्धक मीना थापा भण्डारीले आफ्नो जन्मदिन मानवसेवा आश्रम छोरेपाटनमा आश्रित अनाथ महिलाहरुसंग मनाएकी छन्् ।
उनले आश्रमका ९४ आश्रितका लागि बिहानको भोजनसहित फलफूल वितरण गरी जन्म दिवस मनाएकी हुन् । मीना पोखरामा व्यवसायसंगै लायन्स क्लब अफ पोखरा मर्दी हिमालकी सहसचिव पनि हुन् ।





