आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाबुआमाको स्मृतिमा दश विद्यालयलाई सहयोग

बाबुआमाको स्मृतिमा दश विद्यालयलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८२, शुक्रबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका एक परिवारले स्वर्गिय बाबुआमाको स्मृतिमा दश विद्यालयमा सहयोग गरेका छन् । भीमापोखराको कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका दश माध्यामिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

कुथुर्केका श्रृषिराम कँडेल, कृष्णप्रसाद कँडेल, जगन्नाथ कँडेल, प्रजापति कँडेल, चन्द्रलाल कँडेल, यमलाल कँडेल, अशोक कँडेल, पुरुषोत्तम कँडेल, अनिल कँडेल, ज्योति कँडेल र उषा कँडेलको परिवारले स्वर्गिय पिता खडानन्द कँडेल र माता गौमती कँडेलको सम्झनामा स्वास्थ्य समाग्री सहयोग गरेका हुन् ।

दशवटा माध्यमिक विद्यालयलाई एक÷एक वटा सेनेटरी प्याड भेन्डर मेसिन र ब्लड प्रेसर नाप्ने मेसिन सहयोग गरिएको हो । त्यस्तै काठेखोलाका सबै आधारभूत विद्यालयलाई ब्लड प्रेसर नाप्ने मेसिन प्रदान गरिएको कँडेल परिवारले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’, प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्कीको उपस्थितीमा भीमसेन माध्यामिक विद्यालयको प्राङ्गणमा कार्यक्रम गरी सामग्री सहयोग गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु थापाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->