बागलुङ/नेकपा एकीकृत समाजवादी पार्टी बागलुङले आगामी कार्तिक महिनामा जिल्ला अधिवेसन गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी बागलुङको शनिबार सम्पन्न भएको जिल्ला कमिटिको बैठकले जिल्ला अधिवेसन कार्तिकको २२ गते बडिगाड गाउँपालिकामा गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष पिंगलराज गौतमको अध्यक्षतामा बसेको बैठकले अधिवेसनलाई मध्यनजर गर्दै आसोज महिनासम्म सदस्यता नविकरण र बिस्तार गर्ने निर्णय गरेको जिल्ला सचिव शालिग्राम शर्माले जानकारी दिए ।
प्रदेश कमिटका अध्यक्ष कृष्ण नेपाली, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल घिमिरे लगायत प्रदेश कमिटिका अन्य पदाधिकारी तथा सदस्यहरुको बिषेश उपस्थितीमा सम्पन्न बैठकले तत्कालिन जिल्ला अध्यक्ष लालबहादुर थापा र जिल्ला सचिव भरत पुरीले लगेका सामान फिर्ता माग्ने निर्णय गरेको छ ।
बैठकले युवा संघको संयोजक बाबु घर्ती, शिक्षक संघको संयोजक बेदप्रसाद शर्मा र किसान महासंघको संयोजक दिलबहादुर खड्का रहने गरि बिभागिय जिम्मेवारी प्रदान गरिएको सचिव शर्माले जानकारी दिए ।





