आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

‘औपचारिक घोषणा भने भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेश स्तरमै पुरस्कृत बन्ने भएको छ’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले भने, ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तिय विकासलाई चुस्त बनााउन सकेको छ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा अब्बल बनेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थाीय आर्थिक विकासको प्रर्वद्दनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो ।
‘औपचारिक घोषणा भने भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेश स्तरमै पुरस्कृत बन्ने भएको छ’ कँडेलले भने, ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तिय विकासलाई चुस्त बनााउन सकेको छ ।’

तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शिर्षकमा २ दर्जनबढी उपशिर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा बिपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशिर्षकमा मूल्यांकन गर्न शुरु भएको उनले बताए ।

तोकेको समयमा तोकेका काम पुरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामाग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कंडेलले जानकारी दिए । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली सम्बन्धी अभिमुखीकरण’ अभियान समेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए ।

उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पुर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय स्मार्ट बनाउने समेत उनले बताए ।

उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्दन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भैरहेको बताए । उनले सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमा समेत भएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले जनप्रतिनिधि, कर्मचारी समेतको साझा पहलबाट नगरपालिकाको सुशासन सूचक अगाडि बढेको बताए । उनले अझैपनि सबैको पहलबाटै नगरपालिका सफल बनाउन सकिने बताए ।

गत आर्थिक वर्षपनि नगरपालिकाले बालमैत्री शासन युक्त पालिका घोषणा गरेको, फोहोरको दिगो व्यवस्थापनका लागि काम थालेको, बजार सौन्दर्यकरण लगायतका काम भैरहेकोले सूचकमा सुधार गर्दै अब्बल बन्ने कामलाई निरन्तरता दिने शाखा प्रमुखहरुले प्रतिवद्दता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->