बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आन्तरिक नियन्त्रण प्रणाली निर्माण, जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन पौडेलको आग्रह

आन्तरिक नियन्त्रण प्रणाली निर्माण, जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन पौडेलको आग्रह


  • ढाेरपाटन संवाददाता
  • भाद्र ४ २०८२, बुधबार

पोखरा/  जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै कार्य सम्पादन र विकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको बताए । साथै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उनको भनाई थियो ।

पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शी र प्रभाबकारी दिगो बिकासमा लाग्न अनुरोध गरे । कार्यक्रममा पोखरा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य ,अन्नपूर्ण गाउँपालिकाका उप प्रमुख चन्द्रकला अधिकारी , कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, गैर सरकारी संस्था महासंघ कास्कीका सचिब केशु भुजेल सहितले भनाई राखेका थिए । कास्कीस्थित पाँचवटा पालिकाका प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहभागी कार्यक्रममा सबै पालिकाहरूले आफ्नो पालिकामा भएका बिकास निर्माण र गतिविधि सहितको असल अभ्यास प्रस्तुति गरेका थिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->