सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

साँस्कृतिक पर्यावरण र शिक्षा

साँस्कृतिक पर्यावरण र शिक्षा


  • लालबहादुर नेपाली
  • भाद्र ५ २०८२, बिहिबार

समाजशास्त्र र मानवशास्त्रको उत्पति संगसंगै यससंग सम्बन्धित र अन्तरनिहित विषयवस्तुहरुमा पनि ध्यान जान जरुरी छ । शिक्षा बिनाको मानव सभ्यता फिका छ र हुन्छ अनि अन्य दर्शन, शास्त्र, ज्ञान तथा विज्ञानका स्रोतहरु र विश्वमा जति पनि सभ्यताहरु छन् वा विकास भएका छन् । ति सबै अपूर्ण वा आँशिक रुपमा विकलाङ्ग छन् त्यसकारण समाजशास्त्र र मानवशास्त्रको साथमा शिक्षा र परिर्वतन जस्ता विषयहरुलाई जोड्न र समय सापेक्ष मुल्याङ्कन गरी नयाँ सोच र विचारका लागि अपरिहार्य देखिन्छ । समाज विकासको लामो अन्तरालमा उत्पन्न शिक्षाको पर्यावरणीय परिस्थिति अनुरुप संस्कृतिको विकास भएको हो र पाइन्छ पनि । त्यसकारण शैक्षिक पर्यावरणको प्रत्यक्ष प्रभाव मानव समुदायमा परेको हुन्छ । पर्यावरणमा उत्पन्न विषम कठिनाई र परिस्थितिमा मानवले आफुलाई अनुकुल बनाउन र अनुकुलतामा ढाल्नका लागि व्यक्तिका व्यवहार, सामाजिक साँस्कृतिक क्रियाकलाप, रहनसहन, जीवनशैली, सामाजिक, साँस्कृतिक, संगठन, मूल्य मान्यता र विषेश गरी शैक्षिक पर्यावरण आदिमा परिवर्तन गरेको हुन्छ, जसले निर्णयात्मक भुमिका खेलिरहन्छ र त्यो एउटा सामाजिक नजिरका रुपमा स्थापित हुन्छ । त्यो सिधा रुपमा शिक्षा र सिकाईसंग जोडिएको हुन्छ, जसलाई सभ्यताका रुपमा हामी निरन्तर अनुशरण गरिरहेका छौं । त्यसैले समयसापेक्ष रुपमा त्यो परिवेशको मानव जातीले त्यो विषयबस्तुलाई अंगिकार गर्दछ र गर्न बाध्य हुन्छ भने भावी पुस्तामा त्यो बानी, व्यवहार, मानविय कर्म, संस्कार, सामाजिक नीति नियम वा कतिपय समाज, समुदाय वा देशहरुमा कानूनका रुपमा पनि परिभाषित र स्थापित गर्ने चलन वा प्रथाले नै समाजको विकास चरणमा प्रभाव र अतिक्रमणकारी भुमिका खेलेको हुन्छ । भौतिक संस्कृतिका विभिन्न क्षेत्रमा हुने परिवर्तनले समयानुकुल शैक्षिक पर्यावरणको आविष्कार गरेका छन् र हुन्छन् । साँस्कृतिक पर्यावरणमा हुने परिवर्तनले सभ्यता र भावी पुस्ताले अवलम्वन गर्ने नयाँ परिवेशलाई डोर्याएको हुन्छ । समाजशास्त्र र मानवशास्त्र बिनाको सभ्यता र शिक्षा बिनाको सभ्यता कदापि मेल नखाने हुँदा यो विषयलाई गहिरो अध्ययन गर्न जरुरी छ ।

शाब्दिक दृष्टिकोणले पर्यावरणीय शब्द बनस्पतीशास्त्रबाट लिइएको हो । जसमा वनस्पतीसंग जोडिएको भौतिक वातावरण बीचको सम्बन्धको अध्ययन गरिन्छ तर साँस्कृतिक पर्यावरण र शिक्षामा त्यो भौतिक वातावरणले कसरी शैक्षिक वातावरणमा प्रभाव पारेको हुन्छ भनि अध्ययन गरिन्छ । शिक्षा र सिकाईलाई भौगोलिक बनोट, हावा, पानी, माटो, जलवायु, तापक्रम आदीले पनि प्रभाब परेका हुन्छन् जसरी कुनै एक निश्चित ठाँउमा पाइने वनस्पतीलाई पारेको हुन्छ । फरक फरक भूगोलमा बस्ने मानिसहरुमा वा शिक्षाको कुरा चलिरहेको हुँदा बालबालिकाहरुमा त्यो स्थानीय क्षेत्रको स्थानीय पर्यावरण मौलिक र मुख्य आधार हुन्छ र वर्गिकरणका साधन र माध्यम हुन्छन् । सिकाइलाई प्रभाव पार्ने अन्य तत्वहरुमा अर्थव्यवस्था, बासस्थान, विकास, जीवनप्रति मानविय धारणा पनि त्यतिकै महत्वपूर्ण तत्वहरु हुन्, जसलाई सामाजिक पर्यावरण, मानव पर्यावरण, साँस्कृतिक पर्यावरण, आर्थिक पर्यावरण, राजनैतिक पर्यावरण र शैक्षिक पर्यावरण गरि विभाजन गर्न सकिन्छ ।

समयको अन्तराल संगसंगै हालको विश्व व्यवस्थामा आएका परिवर्तनहरु पनि विगतका उपज हुन् । उदाहरणका लागि जसरी अहिले महिला अधिकार, दलित अधिकार, सिमान्तकृतका अधिकार मानवअधिकार बालअधिकार वा अन्य कुनैका लागि आवाज उठेको वा कुनै पनि देशको संविधानमा आरक्षण वा अन्य कुनै सामाजिक, राजनैतिक, कानूनी व्यवस्था हुनुको पछाडी पनि हाम्रो विगत र विगतमा विकसित सामाजिक साँस्कृतिक प्रथाहरुको उपज हो, जुन एक शैक्षिक पाटो पनि हो । पहिले नै व्याख्या गरेअनुसार साँस्कृतिक मानवशास्त्रको अंगका रुपमा शारीरिक बनोटका आधारमा र ढुंगे तथा जंगली युगमा जतिबेला मानिसको बासस्थान सुरक्षित थिएन् । त्यो समयमा महिलाहरु पनि सुरक्षित नभएको यथार्थ हो । त्यसकारण अहिलेको महिलाअधिकार एक शैक्षिक साँस्कृतिक पर्यावरणका रुपमा छ र आदिमकालको सन्र्दभमा अहिलेको जंगली पशुहरुको समाजमा जस्तै जुन व्यवहार एक समुहले अर्को समुहलाई गर्ने गथ्र्यो वा जसरी सभ्यता र संस्कृतिको विकास गरियो वा त्यो परिस्थितिलाई आँकलन गरि अनुभवका आधारमा निर्णय गरियो, त्यही नै परिवर्तन, विकास, सामाजिक मेल वा विभेद, भेदभाव, दबाव, अन्याय र सामाजिक प्रचलनको रुपमा शैक्षिक सांस्कृतिक रुपमा अनुशरणको पर्याय बन्यो । आदिम युग सुरवाती चरण हो, जसका लागि अहिले गरिएका राजनैतिक विभाजन, सामाजिक विभेद, आर्थिक असमानता, भौतिक द्धन्द, वा अन्य प्रकारका परिघटनाहरु जसलाई भैतिक द्धन्दबाद भनिन्छ त्यो पनि सभ्यता र समयसापेक्ष बन्नका लागि मानव समाज वा समुदायबाट तयार पारिएको तात्कालिन शैक्षिक परिवेश नै हो, जहाँ मानव समाजले जे जति जसरी व्याख्या गर्न सक्यो । जति ज्ञानको सिमा उसमा थियो त्यहिं अनुरुप नै सापक्षेता र अनुकुलता अपनाउँदा नै आजको आधुनिक समाजको निर्माण र हरेक अध्ययन अनुसन्धानहरु शिक्षा र ज्ञानका स्रोत बनेका हुन् । त्यसकारण हामीले यो युगमा जति पनि शिक्षाको कुराकानी गरिरहेका छौं त्यसको पूर्णताका लागि समाजशास्त्र, मानवशास्त्र, शिक्षा र सभ्यतालाई समग्र रुपमा अध्ययन गर्न जरुरी छ । शिक्षाको विकास क्रम र यो संग तालमेलमा रहेका विषयवस्तुहरुको अध्ययनका लागि पर्यावरणीय उपागमन, समाजमा चलेका नियम, रिती, धर्म र धर्मका नियमहरुलाई स्पष्ट रुपमा केलाउन जरुरी छ, जसले आधुनिक समाजमा पनि मानव र मानविय क्रियाकलापलाई नियन्त्रण गरेका छन् । यसैले नै मानव सभ्यता र संस्कृतिको उद्भव र विकासमा पर्यावरणीय प्रभावलाई शैक्षिक उद्देश्यका लागि प्रयोग गर्न र बुझ्न सकिन्छ । आधुनिक युगको शिक्षा प्रणालीमा मानव समाज र सभ्यताको विकासका लागि निम्न तत्वहरुको अध्ययनलाई जोड्न र त्यो अनुसारको पर्यावरणिय शैक्षिक ज्ञान हासिल गर्न जरुरी छ ।

१. शिक्षा कसैको आविष्कार होइन्, यो त विगतको सभ्यताको प्रतिकात्मक स्वरुप हो । जसले विगत र भविष्यलाई जोडी वर्तमानको सामाजिक साँस्कृतिक संरचनालाई दिशानिर्देश गर्दछ । अनि वर्तमानको पुस्तामा हावी रहन्छ ।
२. पर्यावरणमा अन्तरनिहित विषयवस्तुको खोज तथा तथ्यहरुलाई सहज र सरलीकरण गरि मानवीय चेतनामा बृद्धि गर्दछ र भावी पुस्ताका लागि खोज तथा ज्ञानको स्रोतका आधारमा काम गर्दछ ।
३. शिक्षाले सजिव वस्तुहरु र तिनीहरुको वातावरण बीचको अन्तरसम्बन्ध र अन्तरक्रियात्मक सम्बन्धको अध्ययन गर्दछ, जसले प्रकृतिको बुझाईलाई फराकिलो पार्दछ ।
४. शैक्षिक पर्यावरण प्रकृति, मानव, मानविय जीवनशैली र विज्ञान संगको सम्बन्धको अध्ययन हो । जसले मानवले आर्जित गरेका बानी र व्यवहारको सामिप्यताको अध्ययन गरी तर्क शक्तिको विकास गर्दछ र निर्णयात्मक भुमिका निर्वाह गर्दछ ।
५. शैक्षिक वातावरणले शिक्षालाई संचित गृहका रुपमा स्वीकार गर्दछ जसलाई इतिहासको एक पाना वा अवधीको रुपमा लेखाजोखा गर्न सकिन्छ । र, यसको अध्ययनबाट सभ्यताको विकासक्रम र केहि हदसम्म भविष्यको भविष्यवाणी वा कस्तो प्रकारको पर्यावरणको सिर्जना हुनेछ भनि आँकलन गर्न सकिन्छ र सहयोग पु¥याउँदछ ।
६. शैक्षिक प्राकृतिक बातावरणले दिने शिक्षा नै विज्ञान हो भने त्यो शैक्षिक वातावरणमा रमाउन बनाइने नियम संस्कृति हो । र, मानव समुदाय यसको एक अभिन्न अंग हो, जसलाई शिक्षाको रुपमा अध्ययन गरिन्छ ।
७. प्रत्येक चिज प्रत्येक चिजसंग सम्बन्धित छ भन्ने अवधारणा शैक्षिक पर्यावरणको अवधारणा हो । जसले समग्रमा सिकाई प्रतिको मोहलाई आत्मसाथ गर्दछ र व्यतिmलाई कुनै एक क्षेत्रमा लिन गराइदिन्छ ।
८. शैक्षिक साँस्कृतिक पर्यावरणीय दृष्टिकोण उपयोगिता, आवश्यकता र औचित्यपूर्ण हुन्छ र मानविय व्यवहारसंग प्रत्यक्ष सरोकार राख्दछ । जसका कारण शिक्षालाई बानीहरुको विकास भनिएको हो वा बानीहरुको विकास होइन भने पनि यो सभ्यताको विकास र परिर्माजन हो ।
९. शैक्षिक साँस्कृतिक पर्यावरणले अनौपचारिक भुमिका निर्वाह गर्दछ, चाहे त्यो औपचारिक वा अनौपचारिक शिक्षामा होस् । यसले एक उत्प्रेरक तत्वको रुपमा लुप्त भई मनोवैज्ञानिक अवधारणाको विकास गरेको हुन्छ जुन सधैँ भाववाचक रहन्छ ।
१०. मानविय सम्बन्ध र पर्यावरण एकअर्काका पर्यायवाची हुन् जसले एकै आधारमा दुई फरक धारलाई मेल गरिदिन्छन् र समाजको शैक्षिक अभिवृद्धिमा योगदान दिन्छन् । जसलाई बुझन् अन्य शास्त्रहरुको अध्ययन गर्न जरुरी छ ।
१२. शैक्षिक साँस्कृतिक पर्यावरणले विकास र परिर्वतनको गतिसंगै उत्पन्न जटिल तथा नयाँ प्रकारका समस्याहरुको अध्ययन गरि निराकरणका उपायहरुलाई वैधानिक र संस्थागत गर्दछन् ।
१३. शैक्षिक पर्यावरण उत्पति र अनुकुलनसंग जोडिएको हुन्छ जसले साँस्कृतिक प्रचारवादको काम गरेको हुन्छ भने समाजशास्त्र र मानवशास्त्रको प्रकार्यवादसंग सरोकार राख्दछ ।
१४. शैक्षिक साँस्कृतिक पर्यावरण प्रजातिय पर्यावरणसंग पनि सम्बन्धित छ जसले प्रजातीहरुको विकासक्रम र जीवनको संघर्षलाई सुरुवातदेखी अन्त्यसम्म विभिन्न आकार र प्रकार दिन्छ ।
१५. शैक्षिक साँस्कृतिक पर्यावरणले मानव जातीका खाने वस्तु, लगाउने वस्त्र, सोच्ने शक्ति, विवाह प्रणाली लगायतका सामाजिक ढाचाँहरु संग पनि सम्बन्ध राख्दछ । जसलाई हामीहरु आधुनिक वा परम्परागत तरिकाले पालना वा अनुशरण गरिरहेका हुन्छौ ।
१६. शैक्षिक साँस्कृतिक पर्यावरण सधैँ बहुरेखिय हुन्छ र समाजमा विभिन्न द्धन्द्धहरुको विकास गर्दछ । जसले समाजमा विध्वंश र नोक्सान पुराउन सक्छ भने यो प्रक्रिया सधैँ सकरात्मकताका लागि अग्रसर रहन्छ । जस्तैः पुजीँवाद र साम्यवाद बीचको भौतिक द्धन्द्ध ।
१७. शैक्षिक साँस्कृतिक पर्यावरण चरणगत रुपमा विकास हुन्छन् । जसलाई कार्ल माक्र्सको भैतिक द्धन्द्धबादी सिद्धान्तले व्याख्या गर्दछ र परिर्वतन समाजको एक सर्वव्यापी नियमका रुपमा स्वीकार गर्दछ जुन शैक्षिक पर्यावरणको पनि नियम हो ।

अन्नत सारमाः शैक्षिक साँस्कृतिक पर्यावरणलाई एक शैक्षिक मान्यता र समाजशास्त्र तथा मानवशास्त्रमा पाटोको रुपमा लिन जरुरी छ जुन आजको आवश्यकता हो र असल तथा संस्कार युक्त शिक्षाको रुप विकास हुनेछ भने आधुनिक डिजिटल युगमा प्रवेशको ढोका खुल्नेछ ।

(लेखक नेपाली स्पेश अनलाइन एकेडेमीका संस्थापक हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->