बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आमा समुहद्वारा क्यान्सरपीडितलाई सहयोग

आमा समुहद्वारा क्यान्सरपीडितलाई सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र ७ २०८२, शनिबार

पोखरा/ आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सरपीडित आप्mना सदस्यलाई आर्थिक सहयोग गरेर सवैका लागि अनुकरणीय बनेको हो ।

समूहको २३ औं वार्षिक साधारण सभा, सम्मान तथा हरितालिका तीजको अवसरमा आयोजित तिज विशेष कार्यक्रम उद्घाटन कार्यक्रममा यसवर्ष समुहका ४ जना क्यान्सरपीडितलाई २५ हजारका दरले आर्थिक सहयोग गरेको जानकारी दिइयो । गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै आमा समुहले समाजका विकृति र विसंगतिको अन्त्य गर्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । महिलाले तीज पर्वको माध्यमवाट सस्कृतिको संरक्षणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनले पर्व मनाउँदै गर्दा तडक भडक नभई मौलिकतालाई भुल्न नहुने जनाए । समुहका सल्लाहकार एवंम सञ्चारकर्मी हरि बास्तोलाले समुहले संकलन गरेको रकमलाई भरपुर उपयोग गर्दै समाज र समुहका सदस्यको नेतृत्व विकासमा लगानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समुहका जेष्ठ सदस्य, दश जोड दुई परिक्षा उत्तिर्ण छात्रछात्रा र समुहलाई आर्थिक सहयोग गर्नेहरुलाई दोसल्ला, खाँदा र सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि, लिलावती वास्तोला, पूर्व अध्यक्षद्वय हीरा अधिकारी र सुकुना गुरुङ लगायतले सम्मान गरेका थिए । साधारण सभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार टिकाराम पौडेल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, निवर्तमान अध्यक्ष कोकिला उदास, उपाध्यक्ष मिना द्वारेलगायतले आमा समुहले खेल्दै आएको भूमिका माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->