आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला नेतृहरु छमछमी नाँचे सम्पर्क मञ्चको तीज कार्यक्रममा

महिला नेतृहरु छमछमी नाँचे सम्पर्क मञ्चको तीज कार्यक्रममा


  • तुफान गौतम
  • भाद्र ७ २०८२, शनिबार
तस्वीरहरुः तुफान गौतम

काठमाडौं/नेपाली महिलाहरुको महत्वपूर्ण चाड तीजको अवसरमा नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा तीज विशेष कार्यक्रम आयोजना गर्यो । तीज विशेष कार्यक्रममा पूर्वमन्त्री देखि महिला नेतृहरु छमछमी नाँचे । उनीहरुले तीजलाई भड्किलो पर्व बनाउन नहुँदै भन्दै मनोरञ्जनसंगै महिला अधिकार र न्यायको पर्वको रुपमा बनाउन समेत जोड दिए ।
तीज विशेषे कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री थममाया थापाले विगतमा तीज पर्वलाई नेपाली दिदिवहिनीहरुले आफ्नो दुःखमर्का र पिरगाथा सार्वजानिक गर्ने थलोको रुपमा मनाउने गरेको स्मरण गर्दै अहिले विशुद्ध मनोरञ्जनात्मक पर्वको रुपमा विकास भएको वताईन । दिदिवहिनीहरुको यस चाडलाई भड्किलो बनाउन नहुँने बताउँदै उनले न्याय र स्वतन्त्रताको लागि लड्न प्रेरणा दिनेगरी अगाडि बढाउनुपर्नेमा जोड दिइन ।
नेता थापाले मिसन ०८४ लाई सफल पार्न एमालेका नेता कार्यकर्ताहरु विशेष अभियानका साथ जुट्नुपर्ने बताउदै हरेक कार्यक्रममा जनतासंग जोडेर गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
सम्पर्क मञ्चका उपाध्यक्ष ममतादेवी गैरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण वहादुर केसी, कल्पना थापा, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, सम्पर्क समन्वय समितिका अमृता अधिकारी, चेतनारायण पौडेल, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष पदम गिरी, मञ्चका अध्यक्ष ओम केसी लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सम्पर्क मञ्चका उपसचिव सचिता गौतमले गरेकी थिइन् । कार्यक्रममा कलाकारहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महिला नेतृहरु, नेताहरु र सहभागीहरुले गीत र नृत्यमा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->