नवलपुर / गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री पद्मा जि.सि. श्रेष्ठले मानव जीवनमा मनको विकास सबै भन्दा सर्वोत्कृष्ट विकास रहेको बताएकी छन् । आईतबार नवलपुरमा रहेको बह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीद्वरा आयोजीत बृहत रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हामी भौतिक विकासको पछाडी मात्र दौडिरहेका छौ, भौतरिरहेका छौ, तर मनको विकासमा ध्यान दिदैनौँ’, उनले भनिन, ‘जवसम्म मनको विकास गर्न सकिदैन कुनै पनि भौतिक, आर्थिक विकासले मन शान्त हुदैन ।’ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रीसमेत रहेकी कार्यवाहक मुख्यमन्त्री जि.सी.ले मनको विकास गर्न सकेमात्र पारिवारिक, सामाकि, राजनीतिक, आर्थिक र भौतिक विकास हुने बताउँदै मनको विकास गर्न नसक्दा कारागरमा कंयौ युवाहरु वन्दीको जीवन यापन गर्न परेको उल्लेख गरिन् ।
विश्व वन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका पूर्वमुख्य प्रशासिका दादी प्रकाशमणीज्यूको १८औं पुण्य तिथिको अवसरमा आयोजित वृहत् रक्तदान अभियान–२०२५ को अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा, प्रभाग, कावासोतीको आयोजनामा रक्तदान कार्यक्रम गरीएको थियो । कार्यक्रम ब्रह्माकुमारीज, समाज सेवा प्रभागकी क्षेत्रीय संयोजक ब्रह्माकुमारी शर्मिला दिदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





