बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चितवनमा सरिता ईभेन्टसको खुल्ला तिज नृत्य प्रतियोगिता हुँदै

चितवनमा सरिता ईभेन्टसको खुल्ला तिज नृत्य प्रतियोगिता हुँदै


  • निराज रानाभाट
  • भाद्र ८ २०८२, आइतबार

चितवन / हरितालिका तीजको अवसरमा सरिता ईभेन्टसले ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नारासहित ‘तिज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ आयोजना गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर हाटबजार परिसरमा भदौ १० गते दिउँसो सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटको प्रस्तुति र अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यले दिएको जानकारी अनुसार कार्यक्रममा चन्दा अर्याल, रमेश श्रेष्ठ (मेलोडी), अनिल सुनार, सरिता गुरुङ श्रेष्ठ, सुमन रोक्का, सोनिका क्षेत्री, गोबिन्द सापकोटा, भुमिराज रेग्मी, आरती सापकोटा साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । उक्त कार्यक्रमको संरक्षक भरतपुर महानगरपालिका वडा नं. २६ वडा कार्यालय रहेको छ । सहआयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ ।

कार्यक्रमको सहप्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज, रोशन होमियोप्याथिक फामेर्सि, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर, हाम्रो बेकरी, मनाङ चामल र किलियर भिजन अप्टिकल हाउस रहेका छन् । कार्यक्रमको प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट र सोफा हव चितवन रहेका छन् । उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायतका मिडिया रहने आयोजकले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->