बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कार्यसम्पादन मूल्यांकनमा कास्कीका गाउँपालिकामा रुपा उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा कास्कीका गाउँपालिकामा रुपा उत्कृष्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा / स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ।

संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको मुल्यांकन अनुसार कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। सार्वजनिक भएको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिएको देखाउँछ।

कार्यसम्पादन मूल्यांकनको अंकलाई संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गर्ने एउटा मुख्य आधार मानिन्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्ने भएकाले रुपा गाउँपालिकाको यो सफलताले आगामी आर्थिक वर्षमा थप स्रोत प्राप्त गर्नसमेत मद्दत पुग्नेछ । गाउँपालिकाको यो नतिजाले सीमित स्रोतसाधनका बाबजुद पनि कुशल नेतृत्व, स्पष्ट कार्यदिशा र प्रभावकारी कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको रुपाका अध्यक्ष नवराज ओझाको भनाई छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाले ८६.०५, माछापुच्छ्रे गापाले ८३.०० र मादी गाउँपालिकाले ८१.०० अंक पाएका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ। पालिका आफैले गरेर पठाउने मूल्यांकन पद्दति लिजा हो । त्यसका आधारमा मन्त्रालयले परीक्षण पश्चात मूल्यांकन अंक कायम गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->