बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीको लिजा नतिजा–अन्नपूर्ण पहिलो

कास्कीको लिजा नतिजा–अन्नपूर्ण पहिलो


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मापदण्डअनुसार गरिएको मूल्यांकनको नतिजाअनुसार अन्नपूर्ण पहिलो भएको हो ।

मादी गाउँपालिका भने सबैभन्दा अन्तिममा रहेको छ । नतिजा अनुसार अन्नपूर्णले सबैभन्दा बढी ९५.७५ प्रतिशत अंक पाएको छ । माछापुच्छ्रे गाउँपालिका ९४ प्रतिशत अंकसहित दोस्रो, पोखरा महानगरपालिका ९३.५ प्रतिशत अंकसहित तेस्रो, रुपा गाउँपालिका ९०.५ प्रतिशत अंकसहित चौथो र सबैभन्दा कम अंक ल्याउने मादी गाउँपालिकाले भने ८८.५ प्रतिशत अंक पाएको छ।

स्थानीय तहहरूले आफ्नो कार्यसम्पादन र क्षमताको आफैँ मूल्यांकन गर्ने विधि लिजा हो। यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रका सूचकका आधारमा मूल्यांकन गरिन्छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->