बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा/नेपाली हिन्दु नारीहरूले मनाउने महत्वपूर्ण धार्मिक पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। तीजको अघिल्लो दिन महिलाहरूले शक्ति संकलन र निराहार व्रतको तयारीस्वरूप ‘दर’ खाने परम्परा रहेको छ ।

भाद्र शुक्ल द्वितीया तिथिमा मनाइने दर खाने दिनमा महिलाहरूले विविध पौष्टिक परिकारहरू, मिठा खानेकुरा तयार पारेर खाने गर्छन् । साथै, गीत–संगीत, नाचगान, पारिवारिक जमघट, रमाइलो र उल्लासमा दिन बिताउने चलन पनि दर खाने दिनसँग गाँसिएको छ ।

दर खाएपछि भोलिपल्ट पर्ने तीजको मुख्य दिनमा महिलाहरूले देवी पार्वतीको पूजा गर्दै निराहार व्रत बस्ने परम्परा छ । तीजको धार्मिक विश्वास अनुसार, देवी पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न कठोर व्रत बसेकी थिइन्, जसको स्मरणमा यो पर्व मनाइन्छ ।

तीजको व्रतलाई अविवाहित महिलाले योग्य वर पाउने आकांक्षामा र विवाहित महिलाले आफ्ना पति तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै विधिपूर्वक मनाउने गर्छन् ।

देशभरका मन्दिरहरू, विशेष गरी पशुपतिनाथ मन्दिर, आजदेखि नै भक्तजनको भीड लाग्ने अपेक्षा गरिएको छ । धार्मिक आस्था, सांस्कृतिक सम्पदा र महिला एकताको प्रतीकको रूपमा तीजलाई विशेष महत्वका साथ मनाउने चलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->