बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको आर्बामा बस दुर्घटना, २३ जना घाइते

पोखराको आर्बामा बस दुर्घटना, २३ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा/ पोखरा महानगरपालिका–१३ आर्बामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाईतेहरुको पोखा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि १२ जना डिस्चार्ज भइसकेका छन् ।

सोमबार बिहान ग १ ख ४०२७ नम्बरको बस पोखराको महेन्द्रपुल आउने क्रममा पोखरा–१३ आर्बा, मड्केल्नामा दुर्घटना भएको हो । अधिकांश घाइतेको टाउको र हातमा चोट लागेको छ । घाइतेमध्ये ४ जनाको अवस्था केही गम्भीर छ । ओरालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको बताइएको छ । चालकले नियन्त्रण गुमाएपछि उक्त बस भित्तामा ठोक्किएको थियो । दुर्घटनामा घाइते हुनेमा तीज मनाउन हिँडेका महिलाको संख्या धेरै छ । घाइतेमध्ये १८ जना महिला र ५ जना पुरुष हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->