बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकीका सांसद दिपक मनाङे पदमुक्त हुने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक

गण्डकीका सांसद दिपक मनाङे पदमुक्त हुने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

काठमाडौँ /  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरु– (दीपक मनाङे) पदमुक्त हुने भनि सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले गत असार ४ गते गुरुङ पदमुक्त हुने भनि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

फैसलाको पूर्णपाठमा ‘जहाँसम्म यी संवैधानिक तथा कानुनी प्रावधानमा स्थान रिक्त हुने वा पदमुक्त हुने एकीन समयबारे उल्लेख नभएको अवस्थामा माथिल्ला प्रकरणमा विवेचित आधारबाट सर्वोच्च अदालतबाट मिति २०८१– ७–२० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको र मिति २०८१–७–२७ देखि नै निज प्रत्यर्थी कैदमा समेत गइसकेको देखिँदा प्रदेश सभा सदस्य पदमा रहिरहन योग्य नभएको अवस्थामा निजलाई सोही मिति २०८१–७–२० देखि नै गण्डकी प्रदेश, प्रदेश सभा सदस्य पदबाट पदमुक्त हुने ठहर्छ। अरुमा तपसिल बमोजिम गर्नू’ भन्ने उल्लेख छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->