आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विश्व बन्धुत्व दिवशमा रक्तदान कार्यक्रम

विश्व बन्धुत्व दिवशमा रक्तदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८२, मंगलबार

बागलुङ/राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिइन् ।

बागलुङ बजारस्थित ओम शान्ति भवनमा आयोजित रक्तदान कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिकाजी लामिछाने, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

‘विश्व एकता र भातृत्वका लागि रक्तदान’ भन्ने आदर्श वाक्यसहित नेपाल, भारतसहितका मुलुकमा विशाल रक्तदान शिविरको आयोजना भइरेहको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका प्रमुख बरालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->