बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वः प्रदेश प्रमुख

हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वः प्रदेश प्रमुख


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८२, मंगलबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताएका छन् ।

तीजका अवसरमा मंगलबार शुभकामना सन्देश दिदैँ भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरेका छन् । ‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

शुभकामना सन्देशमा, ‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु । नेपाली मौलिक संस्कृति सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गर्दछु’ भनिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->