लायन्स / क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५/२०२६ का लागि अध्यक्षमा चयन भएका हुन् । निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४/ ०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए ।
पदभार ग्रहणपछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर बिश्वकै लायन्सहरु माझ एक पृथक परिचय बनाउन सफल भएको बताउदै लायन्सको ‘हामी सेवा गर्छौ’ भन्ने मुल मन्त्रलाई आत्मसात् गदै आफनो कार्यकालयमा कर्णाली प्रदेशका लायन्स क्लबसंगको भगिनी संबन्ध मार्फत राउटे वस्ती सम्म सेवा पुर्याउने, डिस्ट्रिक्ट गभर्नरको स्थानिय सरकारसंग लायन्स भन्ने नारालाई साथ दिदै यस बर्ष गण्डकी क्षेत्रमा बिमा र जोखीम व्यवस्थापनको क्षेत्रमा कृयाशिल रहेका स्थानीय तहहरुलाई बिमा प्राधिकरण गण्डकी प्रदेश र नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघ संगको सहकार्यमा ससत्तिकरण गर्नेजस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा निर्वाचित अध्यक्ष पराजुली र सृर्य बराललाई डिस्ट्रिक्ट ३२५ जेका सचिव पुर्षोतम वस्नेतले डिजी मेडल प्रदान गरेका थिए । क्लबका पूर्व अध्यक्ष, छात्रवृत्ति वितरण एंव टंकी निर्माण कार्यक्रमका संयोजक सोनाम साङपोका अनुसार कार्यक्रममा कक्षा १ देखि स्नातक तहसम्म अध्य्यन गर्ने २४ जना विद्यार्थीहरुलाई प्रतिविद्यार्थी १५ देखि ७५ हजार गरेर सात लाख २७ हजार पाँच सय रुपैया छात्रवृत्ति वितरण गरियो । ७० प्रतिशत विद्यार्थीहरुमा दूषित पानीका कारण स्वास्थ्यसम्बन्धी समस्या देखिएको पाएपछि विभिन्न दाताहरुको सहयोगमा खानेपानी टंकी निमार्ण गरेको र निमार्ण सम्पन्न गरेका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको उनले जानकारी दिए । क्लबले प्रति विद्यालय टंकी निमार्णको लागि दुई लाख सहयोग गरेको र हालसम्म ५६ वटा टंकी निर्माण गरेको उनले जानकारी दिए ।
नयाँ समितिलाई पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मल्टिपल डिस्ट्रिक्ट काउन्सिल चेयर पर्सन मिलन थापा एंव फस्ट पर्सन पुर्व गभर्नर ध्रुव थापा, पदस्थापन अधिकृत तथा डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर मिलनबाबु मल्ल, मल्टिपल कोअर्डिनेटर पुर्व गभर्नर योगेन्द्र प्रधान, यु, डिस्ट्रिक्ट ३२५ जे नेपालका भाईस डिस्ट्रिक्ट गभर्नर प्रजापती बास्तोला, डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का प्रमुख तथा क्लबका पुर्व अध्यक्ष दिनेश तुलाचन, चिप एडभाईजर कृष्णप्रसाद शर्मा, सम्मानीत प्रधानाध्यापक स्याङजा फेदिखोलस्थित चण्डीका माविका अमृत शेरचन, छात्रवृत्ती पाएकी विद्यार्थी लमजुङकी कल्पना क्षेत्री लगायतले शुभकामना दिएका थिए ।





