बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आशिका तामाङलाई ५ दिन कैद र ५ सय जरिबानाको फैसला

आशिका तामाङलाई ५ दिन कैद र ५ सय जरिबानाको फैसला

झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८२, बिहिबार

काठमाडौं / सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।

आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीले जानकारी दिइन् । भण्डारीका अनुसार ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई(दुई सय बुझाउनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->