बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा-बागलुङ हाइवे क्षेत्रमा वृक्षारोपण

पोखरा-बागलुङ हाइवे क्षेत्रमा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोखरा/पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षारोपणका कार्यहरू भइरहेका छन् । ‘ग्रिन पोखरा : क्लिन पोखरा’ अभियानअन्तर्गत पोखरा-२५ मा पर्ने भूपी शेरचन राजमार्ग छेउमा वृक्षरोपण गरिएको छ । राजमार्गको वरपर ११ सय वटा कल्की, धूपी, बेगमवलीलगायतका विरुवा रोपिएको वडा नम्बर २५ का अध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए ।

२ लाख २६ हजार बिरुवा लगाउने उद्देश्य सहित महानगरका विभिन्न क्षेत्रहरूमा भिन्नभिन्न प्रकृतिका बिरुवाहरू लगाउने कार्य अभियान कै रूपमा चलिरहेको छ । यसरी लगाइएका बिरुवाहरूको संरक्षण र गोडमेलमा समेत नियमित काम भइरहेको तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->