आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आदर्श हार्डवेयरद्वारा वृद्वाश्रमलाई आर्थिक सहयोग

आदर्श हार्डवेयरद्वारा वृद्वाश्रमलाई आर्थिक सहयोग

आदर्श हार्डवेयरले १४ औं स्थापना दिवसको अवसरमा संस्थाले पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रमलाई २५ हजार १४ रुपैयाँ सहयोग गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २९, भण्डारढिकस्थित आदर्श हार्डवेयरले वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । आफ्नो १४ औं स्थापना दिवसको अवसरमा संस्थाले पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रमलाई २५ हजार १४ रुपैयाँ सहयोग गरेको हो ।

हार्डवेयरका सञ्चालक विजय गुरुङले आश्रमका अध्यक्ष विश्वराज लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरे । स्थापना दिवसमा गरिने खर्चलाई सामाजिक क्षेत्रमा लगाएर उदाहरणीय कार्य गरेको हार्डवेयरले यसअघि लेखनाथ पत्रकार मञ्चलाई पनि २५ हजार १३ रुपैयाँ सहयोग गरेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले साना व्यवसायहरू सामाजिक उत्तर दायित्वमा अग्रसर हुँदै समाजमा सकारात्मक सन्देश दिन थालेको बताए । उनले व्यवसाय प्रवद्र्धनसँगै समाजसेवा दुबैलाई सँगै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा जयप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषि बुढाथोकी, लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष विरभद्र कंडेल, समाजसेवी रामजी पौडेल लगायतले आदर्श हार्डवेयरको प्रयासको प्रशंसा गरेका थिए । सञ्चारकर्मी सन्दीप पौडेलले सञ्चालन गरेको गरेको कार्यक्रममा धन्यवाद ज्ञापन विष्णु हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->