बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्दार

फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्दार


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

पोखरा/ पोखरा–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्दार गरिएको छ । मकवानपुर घर भइ हाल पोखरा–६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी तालमा हामफालेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार बिहान हामफालेकी उनी तालमा रहेको काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उनको उद्दार गरेको हो । उद्धार पश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->