बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

२८ का बासिन्दाको दुखेसो : ‘बाँदरले सताउँछ, गाउँमा बस जाँदैन’

२८ का बासिन्दाको दुखेसो : ‘बाँदरले सताउँछ, गाउँमा बस जाँदैन’


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. २८ का स्थानीयहरूले आफ्ना समस्याहरु नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् । उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानीलगायत समस्याहरू नगर प्रमुख समक्ष राखेका छन् ।

नगर प्रमुख आचार्यले पोखरा २८ वासीका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्याहरूको क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाए । महानगरपालिकाको तर्फबाट हुने कार्य तत्काल अघिबढाउने र अन्य निकायहरूले गर्ने कार्यका सम्बन्धमा आवश्यक समन्वय गर्ने उनले बताए । महानगरको ग्रामीण क्षेत्रहरूमा बाँदरलगायतको समस्या रहेकाले ती समस्याहरूको समाधानका लागि वन क्षेत्रमा फलफूलका बिरुवाहरू लगाउने र बाँदर धपाउनका लागि अन्य व्यवहारिक उपायहरू समेत अपनाउन उनले सुझाव दिए ।

विद्युत् नियमित आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने र खानेपानीको नियमित आपूर्तिका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको सेवालाई विस्तार गरिने उनले घोषणा गरे । उनले यातायात सेवाको नियमितताका लागि सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरेर समस्याको समाधान गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->