बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आत्महत्याबारे सामाजिक सञ्जालको बढवा रोक्न कोशिशको ज्ञापन पत्र

आत्महत्याबारे सामाजिक सञ्जालको बढवा रोक्न कोशिशको ज्ञापन पत्र

सामाजिक युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत निकायमा ज्ञापनपत्र बुझाएको कोशिश कास्कीका अध्यक्ष अर्जुन सुनारले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८२, बुधबार

पोखरा/आत्महत्या न्युनिकरण र रोकथामका लागि काम गर्दै आइरहेको संस्था कोशिशले कास्कीका विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यममा आत्महत्याबारेमा आउने पोष्ट र समाचारले मानसिक अस्वस्थ व्यक्तिलाई आत्महत्या गर्न थप बढवा दिएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

मंगलबार सामाजिक युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत निकायमा ज्ञापनपत्र बुझाएको कोशिश कास्कीका अध्यक्ष अर्जुन सुनारले बताए ।

‘हाल आत्महत्याका घटनाहरू समाजिक सन्जाल तथा विभिन्न संचार माध्यमहरुमा बारम्बार र नकारात्मक ढंगले प्रस्तुत भइरहेका छन । यसरी प्रस्तुत सामाग्रीहरुले संवेदनशिल अवस्थामा रहेका ब्यक्तिहरु माथी नकारात्मक असर मात्र परेको छैन । आत्महत्याको जोखिम लाई अझ बढाउने काम भएको छ’ उनले भने, ‘यसको न्युनिकरण र रोकथाम गर्नका लागि हामीले कास्कीका विभिन्न निकायमा ज्ञापनपत्र बुझायौं ।’

सरकारले सन् २०१५–२०३० अन्तर्गत आत्महत्याबाट हुने मृत्युदरलाई हरेक एक लाख जनसंख्यामा सन् २०१५ मा १६.५ बाट घटाई सन् २०३० सम्म ४.७ मा झार्ने दिगो विकास लक्ष्य राखेको थियो । तर वर्तमान अवस्थामा यो दर बढेर प्रतिलाखमा २६ जना पुगेको तथ्याङ्कले देखाएको सुनारको भनाइ छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार यस बर्ष मात्र नेपालमा सात हजार ५५ जनाले आत्महत्या गरे । गण्डकी प्रदेशमा ६ सय ४८ जनाले ज्यान गुमाए । त्यसैको न्युनिकरणका लागि ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->