बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पदावधि सकिएपछि अवकाशमा संसद सचिव पोखरेल

पदावधि सकिएपछि अवकाशमा संसद सचिव पोखरेल

पहिलो सचिव नियुक्त भएतापनि पोखरेल उमेरले साथ नदिने भएपछि आफ्नो कार्यकाल लम्ब्याउन ऐन नै संशोधनको चलखेलमा सक्रिय रुपले लागेका थिए । ऐनको दफा ८ को (ज) मा सचिवको योग्यता ४५ वर्ष पूरा भइ ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८२, बुधबार

पोखरा/पदावधि सकिएपछि गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल बुधबारबाट अवकाशमा जाँदैछन् । प्रदेशसभाको पहिलो सचिव पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । १९ गते नियुक्त भएतापनि पोखरेलले २२ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

त्यसकारण, नियुक्त मिति वा सपथका आधारमा कार्यकाल तय हुने भन्ने द्विविधाकाबीच नियुक्ति मितिको आधारमा पोखरेलको पदावधि सकिएको हो ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को दफा ९ अनुसार सचिवको पदावधि पाँच वर्षको हुने उल्लेख गरिएको छ । एकपटक सचिव नियुक्त भएको व्यक्ति पुनः दोहोरिन पाउने व्यवस्था पनि यही दफामा छ ।

पहिलो सचिव नियुक्त भएतापनि पोखरेल उमेरले साथ नदिने भएपछि आफ्नो कार्यकाल लम्ब्याउन ऐन नै संशोधनको चलखेलमा सक्रिय रुपले लागेका थिए । ऐनको दफा ८ को (ज) मा सचिवको योग्यता ४५ वर्ष पूरा भइ ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।

दफा १० (ग) मा ६० वर्ष पुरा भएमा पदरिक्त हुने व्यवस्था छ ।

यही प्रावधानका कारण सचिव पोखरेल २०७९ चैतमा उमेरका कारण अनिवार्य अवकाशमा जाने थिए ।

उमेर हद लाग्ने हुँदा उनले पाँचवर्षे कार्यकालभरि नियुक्ति खाइरहन ऐनले दिँदैन । त्यसकारण केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् उक्त उमेरहदलाई सच्याइएको थियो । उमेरहदकै कारण पदरिक्त हुने भएपछि मन्त्री रिझ्याउनेदेखि सभामुखसम्मको निकटतालाई उनले प्रयोग गरेका थिए । तत्कालीन सभामुख नेत्रनाथ अधिकारीमार्फत् तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि ‘अरू प्रदेशमा भएको व्यवस्था’ भन्दै ऐन संशोधन गर्नुपर्ने सन्देश पठाएका थिए ।

अघिल्ला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारकै पालामा ऐन संशोधनको तयारी थियो । तर, कांग्रेसकै प्रदेशसभा सदस्यहरु पोखरेलको कार्यकाल लम्ब्याउने पक्षमा उभिएनन् भने एमाले पनि पोखरेलको कार्यसम्पादनसँग सन्तुष्ट थिएन । अघिल्लो सरकारकै पालामा संसदमा दर्ता भएर विधायन समितिमा लामै छलफल भए पनि उक्त विधेयक पारित हुन सकेन । ऐनमा देखिएका त्रुटिका अतिरिक्त नाम सच्याउनका लागि संशोधन प्रस्ताव पेस गरिएको थियो । तत्कालीन कानून तथा सञ्चार मन्त्री बिन्दुकुमार थापाको संयोजकत्वमा संशोधन समिति नै गठन भएको थियो । त्यही समितिले तयार पारेको प्रस्ताव उतिबेलै सदनमा लगिएको थियो । उनको कार्यकाल लम्ब्याउन माओवादी केन्द्र लागेको थियो ।

अन्तिममा २०७९ माघ २४ गते केही प्रदेश कानुन संशोधन विधेयक प्रदेशसभामा दर्ता भएर फागुन ११ गते पारित भयो । यही कानुन संशोधन अहिलेका प्रदेश सभा सचिव हरिराज पोखरेल लक्षित थियो । संशोधन हुनुपूर्वको ऐन अनुसार ६० वर्षे उमेर हदका कारण आउँदो चैत ४ गते अवकास हुने थियो । तर, कानूनै संशोधन गरेर उनले कार्यकाल पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->